

अलपत्र योजना पुनर्जीवित हुने संकेत, जनदबाबपछि खोर्साने समेवा वैकल्पिक सडक निर्माण पुनः सक्रिय” तिलक राई मोरङ, १६ पुष । खोर्साने,केराबारी,भोगटेनी,रामपुर,आरुबोटे,सिंहदेवी हुँदै सम्मेवा जोड्ने महत्वपूर्ण मोटरबाटो निर्माण योजना पुनः अघि बढ्ने संकेत देखिएको छ। ठेकदारको लापरवाही र कार्यप्रगति सुस्त भएपछि लामो समयदेखि स्थगित यो योजना जनप्रतिनिधि तथा स्थानीयवासीको निरन्तर पहलपछि पुनः सक्रिय हुने वातावरण बनेको हो। […]
लेटाङ, १६ पुस । पछिल्ला दिनमा वाक्लो हुस्सु र शीतलहर तीव्र बन्दै गएपछि लेटाङ नगरपालिकाले नगर क्षेत्रभित्रका हुस्सु–प्रभावित सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि जाडो विदा गर्न अनुरोध गरेको छ। नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखाले जारी गरेको सूचनामा तराइ क्षेत्रमा चिसो र शीतलहरले पठनपाठनमा प्रतिकूल असर पारेकाले पुस १६ र १७ गते (हिउँदे/वर्खे/स्थानीय […]
लेटाङ, १६ पुस । पछिल्लो समय लेटाङ सहित तराइ क्षेत्रमा वाक्लो हुस्सु र शीतलहरसँगै चिसो तीव्र भएपछि मोरङको लेटाङ–८ स्थित जाँते माध्यमिक विद्यालयले तीन दिनका लागि कक्षा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। विद्यालय प्रशासनले जारी गरेको सूचनाअनुसार पुस १६, १७ गतेसम्म हिउँदे/वर्खे/स्थानीय विदाबाट कट्टा हुनेगरी विदा दिइएको छ। विद्यालयले जारी सार्वजनिक सूचनामा विगत केही […]
लेटाङ, १५ पुस । कोशी प्रदेसमा चिसो र शीतलहर तीव्र बन्दै गएसँगै विद्यालय तहमा पठनपाठन प्रभावित हुन थालेको छ। सुन्दरहरैँचा नगरपालिका लगायत केही स्थानीय तहहरूले जाडोका कारण असहज परिस्थिति सिर्जना भएको भन्दै विद्यालयमा विदा घोषणा गरिरहेका बेला लेटाङ नगरपालिकामा पनि जाडो विदा दिनुपर्ने माग तीव्र हुँदै गएको छ। सुन्दरहरैँचा नगरपालिकाले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा […]
लेटाङ, १५ पुस । मोरङको लेटाङ नगरपालिका १ राजारानीमा निर्माणाधीन अन्तरधार्मिक शान्तिपार्कले राजारानी क्षेत्रको मुहार नै फेरिने अपेक्षा गरिँदै छ। धार्मिक सहअस्तित्व, शान्ति र पर्यटन प्रवर्द्धनलाई एकैसाथ जोडेको यो परियोजना लेटाङको नयाँ पहिचानका रूपमा उदाउने सरकार, स्थानीयवासी र सरोकारवालाहरूको धारणा छ। नगरको गौरवका रूपमा अघि बढाइएको शान्तिपार्कको भौतिक संरचना करिब ८० प्रतिशत पूरा भइसकेको छ। […]
लेटाङ, १५ पुस । कोशी प्रदेशको मोरङ जिल्लामा पर्ने लेटाङ नगर क्षेत्रमा पछिल्ला दिनमा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ। स्थानीयवासीले विद्यार्थी तथा विपन्न वर्ग बढी मारमा पर्ने चिन्ता व्यक्त गरेका छन् भने नगरपालिकाले स्वास्थ्य जोखिम कम गर्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय ओम प्रसाईंले लगातार यस्तै चिसो रहिरहे विद्यार्थीहरूको अवस्था […]
लेटाङ १५ पुष । माेरङ जिल्ला, लेटाङ नगरपालिका–५ स्थित मोरङ्गी खोलाबाट ढुङ्गाको गैरकानुनी उत्खनन गर्ने कार्य विरुद्ध नेपाल प्रहरीले सक्रिय अभियान चलाएको छ। ढुङ्गा टिपरमा लोड गर्ने क्रममा संलग्न चालकहरू सहित एक JCB र एक टिपर नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख सागर साहले बताएअनुसार, “गैरकानुनी तवरबाट गरिने ढुङ्गा उत्खनन र ढुवानीका गतिविधिहरूलाई […]
लेटाङ १० पुस। प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा मोरङद्वारा प्रत्यक्षतर्फ सिफारिस गरिएको उम्मेदवार सूचीमा मोरङ–१ बाट सर्वाधिक ९ जनाको नाम समावेश गरिँदा लेटाङका विद्यार्थी नेता तथा जेन–जेड पुस्ताका सक्रिय युवा नेता कोसिस सुवेदी चर्चाको केन्द्रमा परेका छन्। संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका सुवेदीलाई स्थानीय युवाले नयाँ पुस्ताको प्रतिनिधिका रूपमा लिएका छन्। नेकपाले मोरङका छवटै निर्वाचन […]
लेटाङ निवासी १५ वर्षिया दीप श्रेष्ठ मिति २०८२/०९/०९ गतेदेखि हराइरहेका छन्। उनका अभिभावक दिने श्रेष्ठ र मुना श्रेष्ठ हुनुहुन्छ। दीपलाई देख्नुभएको वा कुनै जानकारी प्राप्त भएमा कृपया ९८०२३११२४५ वा ९८१०४७४१०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
झापा, १० पुस । मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वन क्षेत्रमा दाउरा संकलन गर्न गएका एक युवक जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन्। बुधबार साँझ करिब ६ बजे वन क्षेत्रमा प्रवेश गरेका २६ वर्षीय स्थानीय आकाश दाहाललाई गाउँ पसेको जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आक्रमणबाट दाहालको दाहिने खुट्टामा चोट लागेको छ। […]