सन्तोष राईको परोपकारी भावना उदाहरणीय, साउन्ड सिस्टम सहयोगसँगै विद्यालय विकासमा टेवा

ईनेपालपत्र संबाददाता सोमबार, पुष २१, २०८२

लेटाङ २१, पुस। विदेशमा बसोबास गर्दै पनि गाउँ ठाउँप्रतिको दायित्व र शिक्षा विकासप्रतिको प्रतिबद्धता देखाउँदै दाता सन्तोष राईले महाभारत माध्यमिक विद्यालयका लागि प्रदान गरेको सहयोग उच्च प्रशंसायोग्य भएको छ।
“गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता” भन्ने नारासहित विद्यालयमा आयोजित साउन्ड सिस्टम हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम बीच राईले गरेको योगदानको विशेष रूपमा कदर गरिएको हो।
लेटाङ नगरपालिका ३ कमलपुर घर भई हाल बेलायतमा बसोबास गर्दै आएका राईले विद्यालयका शैक्षिक वातावरण सुधार, अतिरिक्त क्रियाकलाप सुदृढीकरण तथा औपचारिक कार्यक्रमलाई सहज बनाउनका लागि नगद ९० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए। उक्त रकमबाट खरिद गरिएको साउन्ड सिस्टम विद्यालयलाई हस्तान्तरण गरिएको छ।
वक्ताहरूले सन्तोष राईको सहयोगलाई विदेशमा रहेर पनि जन्मभूमि र समाजप्रतिको समर्पणको प्रेरणादायी उदाहरण भन्दै प्रशंसा गरेका थिए। स्थानीय सरकार, समुदाय र दाताबीचको सहकार्यले मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने उल्लेख गर्दै यस्तो योगदानले विद्यालयको पठन तथा गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जंगबिर तामाङ, विशिष्ट अतिथि वडा नं. ३ का वडा अध्यक्ष डम्बर बहादुर राई, विद्यालयका प्रधानाध्यापक याम थापा मगर, सामुदायिक वनका अध्यक्ष सोमनाथ ढकाल, बनका पूर्व अध्यक्ष यग्य खजुम लिम्बु, सनशाइन युथ क्लबका अध्यक्ष अरुण पौडेललगायत सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघकी अध्यक्ष दिलमाया तामाङले गर्नुभएको थियो।
विद्यालय परिवारले हाल बेलायतमा रहेका दाता सन्तोष राईको तर्फबाट उनका दाजु डम्बर बहादुर राईमार्फत साउन्ड सिस्टम ग्रहण गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
विद्यालयले आगामी दिनमा पनि सन्तोष राईजस्तो समाजप्रेमी व्यक्तिहरूको निरन्तर साथ सहयोग रहने अपेक्षा व्यक्त गरेको छ।
कार्यक्रम शिक्षक बेदराज दाहालले संचालन गर्नुभएकाे थियाे ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ