

लेटाङ, १३ बैशाख । लेटाङ २ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको बिद्यालय ब्यबस्थापन समिती सुरेश अधिकारीको नेतृत्वमा सर्बसहमतिबाट चयन भएको छ ।लामो समयदेखी उत्तरी मोरङको शैक्षिक गुणस्तर सुधार अभियानमा सक्रीय अधिकारीलाई आज बसेको बिद्यालय ब्यबस्थापन समितिको पहिलो बैठकले सर्बसहमतिबाट अध्यक्षमा चयन गरेको हो ।
बिद्यालय ब्यबस्थापन समितिका अन्य सदस्यहरुमा बिनोद नेपाल, राेहित खतिवडा, तारा सार्की, मुना कट्टेल, निलम ज्यु र धनमाया गुरूङ तथा शिक्षक प्रतिनिधि देवराज सापकाेटा र सदस्य सचिव राजेन्द्र खतिवडा रहनु भएको छ ।
गत चैत्र २७ गतेको अभिभाबक भेला मार्फत छनौट भएका ४ जना सदस्यहरु तथा २ नम्बर वडा कार्यलयको प्रतिनिधि १ जना र लेटाङ नगरपालिकाबाट छनौट भएका २ जना सदस्यहरु तथा शिक्षकहरुबाट छनौट भएका शिक्षक प्रतिनिधि १ जना र बिद्यालयका प्रधानाध्यापक गरि ९ जनाको बिद्यालय ब्यबस्थापन समिती गठनले पुर्णता पाएको शिक्षक प्रतिनिधि एबम सहायक प्रधानाध्यापक देबराज सापकोटाले जानकारी दिनुभयो ।


चैत्र २७ गतेको अभिभाबक भेलाबाट पुण्य प्रसाद खतिवडाको सयोजकत्वमा ११ सदस्यिय शिक्षक अभिभावक सङ्घसमेत गठन भैसकेको सापकोटाले जानकारी दिनुभयो । नबनिर्वाचित अध्यक्ष सुरेश अधिकारीले सार्बजनिक शिक्षाको गुणस्तर बृद्दि गर्न स्थानिय सरोकारवालाहरुको सक्रीयता बढाउन तथा समय सापेक्ष र विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने बिद्यार्थी उत्पादनमा सक्रीयतापुर्बक लाग्ने बताउनु भयो ।
२०७२ सालमा लेटाङमा नै पहिलो पटक बाल बिकाशदेखि कक्षा ९ सम्म अग्रेजी माध्यमबाट पठन पाठन सुरु गर्दै आएको लक्ष्मी माध्यमिक बिद्यालयले २ बर्ष अघिबाट ११/ १२ कक्षा सन्चालन गर्दै आएको छ । ५०० बढी बिद्यार्थी भएको लक्ष्मी माध्यमिक बिद्यालय लेटाङ क्षेत्रको उत्कृष्ट बिद्यालयको रुपमा चर्चामा रहेको बिद्यालय हो ।