लेटाङका एक व्यक्तीले बनाए धान झार्ने मेसिन

Letang Khabar मंगलबार, मंसिर १८, २०७५

प्रशान्त निरौला
लेटाङ १७ मंसिर । लेटाङका एक ब्यक्तीले स्थानिय ठाँउमा उपलब्ध भएका काठ र मोटरको सहायताले धान झार्ने प्रयोग गरिने मेसिन वनाउनुभएको छ ।
करिव १ लाख रुपैयाको लागतमा वनेको उक्त मेसिनले अहिले धान झार्नका लागि प्रयोग भइृरहेको छ । पराल नटुक्रिने तथा अन्य कामका लागि समेत प्रयोग हुने मेसिनको आविष्कार भएपछि मेसिनको आविष्कारक लेटाङ ३ कमलपूरका ५५ बर्षीय मनिहर्क राईले मेसिनलाई अझै सरल बनाउदै लानका लागि प्रयास गरिरहेको वताउनुभयो । । उहाँले यो मेसिन स्थानिय ठाँउमा उपलव्ध भएका काष्ठजन्य सामाग्री र मोटरको प्रयोग गरेर वनाउन सफल हुनुभएको हो । मेसिन वनेपछि दैनिक २ जना कामदार सहित उहाँले गाँउमा धान झार्ने काम समेत सूरु गरी सक्नुभएको छ । करिव ४ सय घण्टा लगायर उक्त मेसिन वनाएको राईले लेटाङ खबरलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “खेतीपातीको काम गर्ने मानिसको अभाव भईरहेको वेला उक्त मेसिन वरदान हुन्छ ।”

उहाँले २०४४ सालमा काठको साईकल वनाएर कुदाएपछि सर्वत्र चर्चा वटुल्नुभएको थियो भने काठको साईकल वनाएको भन्दै राजा विरेन्द्रवाट २०४४ सालमा लेटाङको भ्रमणका वेला नगद २५ सय सहित सम्मान समेत पाउनुभएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ