‘बर एण्ड वधु’को ‘तिमी सँग’मा रोमान्टिक आँचल र विवेक

News आइतबार, साउन ०६, २०८१

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ ।

यो गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरू नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदिप बरालले रोमानियाको लोकेशनमा यो गीत तयार पारेका हुन् । गीतको भिडियोमा आँचल र विवेक रोमान्टिक बनेका छन् । गीतले दर्शकको साथ पाउने विश्वास निर्माणपक्षको छ ।

यो फिल्ममा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको पनि अभिनय छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा जानुका थापाको लगानी छ । अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सुस्मिता वाइवाको कोरियोग्राफी, प्रदीप भारद्वाजको लेखन छ ।

फिल्म ‘बर एण्ड वधु’लाई सामाजिक कथावस्तुमा निर्माण गरिएको निर्माणपक्षले बताएको छ । यो फिल्म भदौको १४ गतेबाट देशव्यापी रिलिजमा आउँदैछ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ