लेटाङ–७ वारांगीमा भीषण आगलागी, होटल चेल्सिया एण्ड ट्रेडर्स र होलसेल किराना पसल जलेर नष्ट

Letang Khabar आइतबार, साउन २४, २०८३

लेटाङ, २४ साउन । लेटाङ नगरपालिका–७, वारांगीमा टीका धितालले सञ्चालन गर्दै आएको होटल चेल्सिया एण्ड ट्रेडर्स तथा होलसेल किराना पसलमा भीषण आगलागी भएको छ।
धितालले फमकुमार मगरको घरमा होटल तथा होलसेल किराना पसल सञ्चालन गर्दै आएका थिए। आगलागीबाट घरसहित होटल, किराना पसल तथा पसलमा रहेका सम्पूर्ण सामान जलेर पूर्णरूपमा नष्ट भएको स्थानीयले बताएका छन्।
प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ। आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको स्थानीयको भनाइ छ।
आगलागीका कारण घर, होटल, किराना पसल, खाद्यान्न तथा अन्य व्यापारिक सामग्रीमा ठूलो क्षति पुगेको बताइएको छ। घटनामा मानवीय क्षति भए/नभएको तथा वास्तविक क्षतिको यकिन विवरण भने प्राप्त हुन बाँकी छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  ४  बिपी चाैक 

माेरङ, काेशि प्रदेश , नेपाल , मोरङ