प्रशान्त निरौला
लेटाङ ५ कार्तिक । मोरङ जिल्लाको सुन्दर नगरी लेटाङ वडा नं. १ मा रहेको भोगटेनी बप्तिस मण्डलीको नवनिर्मित भवनको उद्घाटन भएको छ ।
लेटाङ नगरपालिकाको ५१ हजार र अन्य सहयोगीदाताहरु वाट संकलन भएको रकमवाट वनेको उक्त भवनको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उदघाटन गर्नुभएको हो । लेटाङ नगरपालिका प्रमूख शंकर राईको प्रमुख आतिथ्यतामा भएको भवन उद्घाटन कार्यक्रममा वोल्दै राईले धर्मको सार भनेको पाप नगर्न भएकाले आफ्नो तर्फवाट सबै धर्महरु समान रहेको वताउनु भयो । कुनै पनि धर्म सानो ठुलो उचो निचो नहुने वताउदै उहाँले कुन धर्म मान्ने भन्ने कुरा व्यक्तीको अधिकार भएकाले कसैले धर्म मानेकै आधारमा कसैलाई विभेद गर्न नहुने वताउनुभयो । हिन्दु , क्रिश्चीयन , मुस्लिम , किँरात लगायतका धर्म मान्ने मान्छे लेटाङमा मिलेर वसोवार गरिरहेको र यहाँको मानिसहरु मिलेर बसिरहेको भन्दै सवैलाई लेटाङमा वस्ने विभिन्न धर्मावलम्वीहरुवाट पाठ सिक्न जरुरी रहेको वताउनुभयो । हिन्दुको घरम धार्मिक कार्यक्रम हुँदा क्रिश्चीयन पूग्ने , क्रिश्चियनको घरमा धार्मिक कार्यक्रम हुँदा हिन्दु पूग्ने परम्परा रहेको र यो संस्कारलाई अझ विस्तृत वनाएर जान जरुरी रहेको वताउनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला लगायतले सम्वोधन गर्नुभएको थियो ।