संखुवासभा, १९ बैशाख । जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका गणेश बहादुर अधिकारी भन्ने लेक बहादुर अधिकारी लाई घटनाको १० वर्षपछी प्रहरीले पक्राउ गरेको हो । जिल्ला संखुवासभा साविक खराङ गाबिस वडा नं २ हाल चैनपुर नगरपालिका १० स्थायी […]
लेटाङ, ५ बैशाख । ३ महिने सौन्दर्यकला तालिम लेटाङमा सुरु भएको छ । ३ नं. वडा कार्यलय लेटाङको सहयोगमा लेटाङ सौन्दयकला ब्यबसायी समुहको आयोजनामा उक्त तालिम लेटाङमा सुरु गरिएको हो । तालिममा १५ जनाको सहभागिता रहेको छ भने सहभागिले तालिम सकेपछी सिटिभिटिको लेभल १ को परीक्षा समेत दिन सक्ने संस्थाकी अध्यक्ष दमयान्ता सुब्बाले बताउनुभयो । […]
लेटाङ २५ भदौ । फुड बैक मार्फत बुधवार लेटाङ ५ र २ का अतिनै बिपन्न १०९ परिवारलाई राहत प्याकेज बितरण भएको छ । लेटाङ ५ ८९ परिवार र लेटाङ २ का २० परिवारलाई राहत बितरण गरिएको हो । लेटाङ २ मा मंगलवार समेत राहत बितरण गरिएको थियो । ”हुनेले दिएर जाँउ, नहुनेले लिएर” भन्ने मुल […]
लेटाङ १६ भदौ । लेटाङमा थप ३ दिन सिल गरिने भएको छ । कोभिड १९ को संक्रमण स्थानिय स्तरमा समेत देखिन थालेपछि कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न नहुन्जेल सिलको समय थप गरिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । आज विपद ब्यवस्थापन समितिको सिफारिसमा कार्यपालिका बैठकवाट १९ गते राती १२ बजे सम्म सिल थप गर्ने […]
लेटाङ, ११ साउन । भुमि सम्बन्धी समस्या समाधान आयोगले लेटाङमा रहेका सुकुम्वासी, भुमिहिनका समस्या समाधानका विषयमा छलफल गरेको छ । लेटाङ नगरपालिकामा ४ हजार ४ सय पैतालिस भुमिहिन ,सुकुम्बासी तथा अव्यवस्थित वसोवास गर्ने परिवारको अनुमानित तथ्याङ छ । यसलाई व्यवस्थित गर्नका लागि आयोगका अध्यक्ष देवि ज्ञावली सहितको टोलीले लेटाङ नगरपालिकाका पदाधिकारी संग छलफल गरेको हो […]
लेटाङ ३१ असार । लेटाङ नगरपालिकाले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनका लागि नगरका मुख्य भागमा सिसि क्यामेरा जडान गरेको छ । नगरपालिकाले लेटाङ नगरपालिका वडा नं. ३ र ४ मा रहेका मुख्य मुख्य चौकमा सिसि क्यामेरा जडान गरेको हो । मिलन चौक , विपी चौक, गंगे चौक , चिसाङ पुल , बसपार्क लगायतका क्षेत्रमा सिसि […]
लेटाङ, ९ असार । अझैपनि नेपालका अधिकांस ठाउँमा आमा बुबाको काजकिरिया छोराले नै गर्नुपर्ने मान्यता रहदै आएको छ । पितृको शान्ति र मोक्ष प्राप्तिको लागि छोरीले पिण्ड तर्पण दिन नहुने भएकाले छोरा नभए मित छोरा वा बाबुआमा नभए भतिजा छोराहरुले नै कोरामा बसी पिण्ड चढाउँनुपर्ने सामाजिक संस्कार अझैपनि पाइन्छ । छोरोले मात्र काज किरिया गर्नुपर्ने […]
लेटाङ, ४ असार । मोरङको लेटाङ नगरपालिकाले नगरको वडा नं.५ र ६ को सिमानामा निर्माण हुने भनिएको बुद्ध रंगशाला निर्माण नहुनुमा नगरपालिकाको कुनै भूमिका नभएको प्रष्ट पारेको छ । नगर प्रमुख शङ्कर राईले आफू खेलका माध्यमले राजनीतिमा आएको बताउँदै रंगशाला निर्माण आफ्नो बिगतसँग जोडिएको विषय भएको बताउनु भएको छ । प्रदेश सरकारवाट रंगशाला निर्माण गर्न […]
लेटाङ , २६ जेठ । लेटाङ नगरपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार नगरपालिकामा ३० र २९ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । संक्रमित युवक १४ जेठ यता नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा छन् । नगरको क्वारेन्टाइनमा अन्य १३ जना बसिरहेका छन् ।