लेटाङ, ५ बैशाख । ३ महिने सौन्दर्यकला तालिम लेटाङमा सुरु भएको छ । ३ नं. वडा कार्यलय लेटाङको सहयोगमा लेटाङ सौन्दयकला ब्यबसायी समुहको आयोजनामा उक्त तालिम लेटाङमा सुरु गरिएको हो ।
तालिममा १५ जनाको सहभागिता रहेको छ भने सहभागिले तालिम सकेपछी सिटिभिटिको लेभल १ को परीक्षा समेत दिन सक्ने संस्थाकी अध्यक्ष दमयान्ता सुब्बाले बताउनुभयो ।
वडा नं ३ का बेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउनका लागि तालिमको आयोजना गरिएको उक्त तालिम उद्घाटन गर्दै प्रमुख अतिथी तथा वडा नं.३ का वडा अध्यक्ष देबराज चाम्लिङ जानकारी दिनुभयो ।
त्यस्तै सोहि दिन माईक्रो ब्लेडिङ र आईलासेस तालिम समेत सुरु भएको छ । लेटाङ नगरपालिकाको सहयोगमा सोही समूह द्वारा आयोजना गरिएको तालिममा ४ जना ब्यबसायिहरुले तालिम लिने संस्थाकी सचिब सुष्मा श्रेष्ठले जानकारेर दिनुभयो ।