माटोको ढिस्कोले किचेर एकको मृत्यु

Letang Khabar आइतबार, चैत्र २५, २०७४

लेटाङ २५चैत्र ।मोरङको लेटाङ नगनगरपालिका ९ जाँते स्थित बाह्रगोठेमा घर पोत्न प्रयोग गरिने रातोमाटो खन्ने क्रममा माथि बाट खसेको माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ ९ का विनोद दुलालकी श्रीमती २५ बर्षीय भगिमाया मगर (दुलाल) रहेको ईलाका प्रहरी कार्यलय लेटाङले बताएको छ ।

विहान माटो लिन स्थानिय तेलि खोला नजिक बाह्रगोठे स्थित कोपीला सामुदायीक वन क्षेत्रमा रहेको माटो खन्ने ठाँउमा माटो लिन श्रीमान सगै गएकी मगरको करिव साढे नौ बजे तिर मृत्यु भएको बताईएको छ । श्रीमतीको मृत शरिर देखे पछि श्रीमान विनोद हाल सम्म बेहस अवस्थामा रहेको र उनको लेटाङ आठ स्थित पोलिक्लनिकमा उपचार भैरहेको छ। श्रीमती भित्र बाट माटो दिईरहेकी आफु वाहिर बसी वोरामा माटो थापिरहेका वेला अचानक खसेको ढिस्कोले उनलाई पुरेको मृतकका श्रीमानले वताए ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे उर्लाबारी अस्पतालमा राखिएको छ भने पोष्टमार्टम पछि भोलि सोल्टि खोलामा दाहसंस्कार गरिने पारिबारिक श्रोतले जनाएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ