लेटाङ जेसीजको सप्ताह कार्यक्रम सुरु, वक्तृत्वकलामा शिक्षा विकास मावि प्रथम

लेटाङ खबर समाचारदाता बिहिबार, भाद्र २५, २०८३

लेटाङ, २६ भदौ । लेटाङ जेसीजको सप्ताहव्यापी ‘जेसीज सप्ताह २०२६’ कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ। लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यतामा सप्ताह कार्यक्रमको उद्घाटन गरिएको हो। लेटाङ जेसीजकी अध्यक्ष सङ्गिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जेसीज सप्ताहअन्तर्गत विभिन्न सामाजिक, शैक्षिक, रचनात्मक तथा क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।

सप्ताहको पहिलो कार्यक्रमअन्तर्गत ‘लेटाङको सुन्दरता, प्रकृति, संस्कृति र पर्यटन’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा लेटाङ क्षेत्रका १५ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगितामा श्री शिक्षा विकास माध्यमिक विद्यालयकी प्रशंसा पुरी प्रथम, पब्लिक सेन्ट्रल बोर्डिङ स्कुलकी इक्सा लिम्बू द्वितीय र मोरङ पाथिभरा इङ्लिस स्कुलकी प्रज्ञालिका तामाङ तृतीय भएका छन्। सहभागी विद्यार्थीहरूले लेटाङको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति तथा पर्यटनको सम्भावनाका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

लेटाङ जेसीजकी अध्यक्ष सङ्गिता श्रेष्ठले सप्ताहलाई युवाको क्षमता विकाससँगै सामाजिक उत्तरदायित्व र सकारात्मक सोच अभिवृद्धि गर्ने अवसरका रूपमा अघि बढाइएको बताउनुभयो। सप्ताहअन्तर्गत आगामी भदौ २७ गते बिहान ७ः३० बजे बीपी चोकमा स्लो बाइक रेस, त्यसपछि संविधान, मौलिक हक तथा न्यायपालिकासम्बन्धी सचेतनामूलक कार्यक्रम, निःशुल्क आँखा जाँच शिविर, विद्यार्थी उत्प्रेरणा कार्यक्रम तथा साहित्यिक कार्यक्रम आयोजना गरिने उहाँले जानकारी दिनुभयो। सप्ताह मूल संयोजक जेसी तेजुराम राई र महासचिव जेसी पवन दाहालसहित लेटाङ जेसीजले सबै कार्यक्रम सफल बनाउन सहयोग तथा सहभागिताका लागि आग्रह गरेको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  ४  बिपी चाैक 

माेरङ, काेशि प्रदेश , नेपाल , मोरङ