फडानीमा फेरि भेटियो अजिङ्गरको बच्चा, वन समूहको पहलमा उद्धार

प्रशान्त निराैला शुक्रबार, भाद्र १९, २०८३

 

लेटाङ , १९ भदाै । मोरङको लेटाङ नगरपालिका–२ फडानीमा खेतमा अजिङ्गरको बच्चा फेला परेपछि स्थानीयको पहलमा उद्धार गरिएको छ। करिब ३ किलो तौल रहेको अजिङ्गर फेला परेपछि जन चाहाना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खगेन्द्र नेपालको पहलमा सुरक्षित रूपमा उद्धार गरिएको हो।

अध्यक्ष नेपालका अनुसार स्थानीयले खेतमा अजिङ्गर देखेपछि जानकारी गराएका थिए। त्यसपछि वन समूहको पहलमा उद्धार गरिएको अजिङ्गरलाई डिभिजन वन कार्यालयमा बुझाउने तयारी भइरहेको छ। सो क्षेत्रमा यसअघि पनि अजिङ्गर भेटिँदै आएका कारण स्थानीयले थप सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

फडानी क्षेत्रमा पछिल्लो समय खेतबारी तथा बस्ती आसपाससमेत अजिङ्गर देखिन थालेका छन्। करिब दुई साताअघि मात्रै सोही क्षेत्रबाट १० किलोभन्दा बढी तौलको अजिङ्गर उद्धार गरी सब–डिभिजन वन कार्यालयलाई बुझाइएको थियो। अजिङ्गर देखिएमा नजिक नजान, जिस्क्याउने वा मार्ने प्रयास नगर्न र तत्काल सम्बन्धित वन कार्यालय वा उद्धार टोलीलाई खबर गर्न अध्यक्ष नेपालले स्थानीयलाई आग्रह गर्नुभएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  ४  बिपी चाैक 

माेरङ, काेशि प्रदेश , नेपाल , मोरङ