आफ्नाे १०९ औ जन्मदिनको उपलक्ष्यमा आमाद्धारा आफै राहात वितरण 

Letang Khabar बुधबार, जेठ ०७, २०७७

डम्बर सिन्चिउरी

    जाँते, ७ जेष्ठ। “मन हुने को धन ठूलो कि, धन हुने हुनेको मन” भनेर संगितमा भने झै , भएको धन भन्दा पनि मन ठूलो हुनु पर्ने उदाहरण समाजमा थुप्रै देख्न सकिन्छ । धन छ भन्दै मा मन छैन भने कसैले खुरुक्क निकालेर दिने आँट गर्न सक्दैन । तर, मन छ भने चाहिँ आफू सँग भएको केही धन पनि बाँडेर खाने मन का धनी हाम्रो समाजमा अौंलामा गन्न सकिने दानीहरु यदा कदा हामी देख्न सक्छौं । कसैले आफ्ना छोरा-छरी जन्मे को खुसीयालीमा आफू सँग भएको थोरै पनि बाँडेर खान्छन् त , कसैले विवाह को उपलक्ष्यमा बाँडेर खाने गर्छन् । कसैले आफ्नो या आफन्त को जन्मदिनमा  त , कसैले आफुले प्राप्त गरेको सफलता को खुसी बाँड्न बाँडेर खान्छन् ।
हो , आज एउटा यस्तै महान काम भएको छ उत्तरी मोरङ्ग को लेटाङ्ग ९ जाँतेमा । स्थानिय पुर्ण कुरुम्बाङ्ग ( हाल सपरिवार न्युजिल्याण्ड निवासी ) कि ममतामयी माता धनहाङ्गमा लिम्बू को १०९ अौं जन्म जयान्ती को अवसर पारी स्थानिय १७ विपन्न परिवारलाई राहात वितरण गरिएको छ । धनहाङ्मा को विक्रम सम्वत १९६९ सालमा जन्म भएको नेपाली नागरिकता को प्रमाण पत्रमा उल्लेख गरिएको छ । उहाँ अहिले पुर्ण स्वस्थ रहनुका साथै घरको निगरानी का सम्पुर्ण काम देखि दैनिक नित्य कर्म समेत आफैं गर्दै अाउनु भएको नातिनी नुमा ले जनाईन् ।

उक्त राहात वितरण कार्यक्रम स्थानिय समाज सेवी शान्ता राई लिम्बू को संयोजन तथा व्यावस्थापन मा सम्पन्न भएको हो । संयोजक शान्ता को अनुसार यो काम ४ दिन कै छोटो समय मा तय भएकाले पनि राहात पाउने हरु को अन्य संख्या को बारेमा निर्णय लिन नसकिएको वताईएको छ । वृद्धा माता धनहाङ्मा को नाति ( न्युजिल्याण्ड निवासी ) पुर्ण कुरुम्बाङ्ग का छोरा कुमार  ले पठाएको ५३ हजार को लागत बराबर को राहात आज  वितरण गरिए को पुर्ण की माईली बुहारी टेक कुमारी कुरुम्बाङ्ग ले जनाएकी छन्।

सरकारले देश व्यापी रुपमा जारी गरेको झण्डै अढाई महिने लकडाउन का कारण दैनिक विहान बेलुका चुल्हो बाल्न गाह्रो परेका परिवार लाई समावेसी रुपमा छनौट गरी रहात वितरण गरिएको जनाईएको छ । राहात स्वरुप प्रति परिवार ५० किलो चामल,एक लिटर तेल, एक/एक किलो नुन र दाल वितरण गरिएको छ ।
यस भन्दा अघि पनि सो स्थान मा सरकार को तर्फ बाट दुईचरण गरी परिवार संख्याको आधारमा प्रति परिवार न्युनतम १२ देखि १८ किलो सम्म चामल साथमा नुन,तेल र दाल एक/एक किलो का दरले राहात वितरण  गरिएको थियो ।
विहान ७ बजे शुरु भएको राहात वितरण कर्यक्रम मा कोरोना कहर को पुर्ण पालना गर्दै सामाजिक दुरी समेत कायम गरिएको थियो । सो अवसरमा वृद्ध माताको अौपचारिक जन्मजयान्तीको खुशियाली समेत आदन प्रदान गरिएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ