लेटाङमै करदाता सेवा, नगरपालिकाबाट पान कार्ड वितरणको सुरुवात

लेटाङ, ४ पुस । लेटाङ नगरपालिकाबाट कर तथा राजस्वसम्बन्धी सेवा औपचारिक रूपमा सुरु गरिएको छ । यसअघि साविक करदाता सेवा कार्यालय पथरीबाट प्रदान हुँदै आएको सेवालाई नगरपालिकाबाटै उपलब्ध गराउने उद्देश्यसहित उक्त सेवाको शुभारम्भ गरिएको हो । लेटाङ नगरपालिका, आन्तरिक राजस्व कार्यालय दमक तथा करदाता सेवा कार्यालय पथरीको संयुक्त आयोजनामा नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख भूपेन्द्रकुमार […]

जाँतेबाट जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जाँते, ३ माघ । जवरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लेटाङ र प्रहरी चौकी जाँतेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मोरङ जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा प्रतिवादीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा लेटाङ नगरपालिका वडा नं. ९ निवासी दिनेश दर्जी रहेका छन्। उनीमाथि जवरजस्ती करणी सम्बन्धी मुद्दा […]

स्वास्थ्य, एकता र विश्व सहभागिताको संगम : लेटाङ रन–२०८२ ले बनायो अन्तर्राष्ट्रिय पहिचान

लेटाङ, २ माघ । मोरङको लेटाङ नगरपालिकामा आयोजना गरिएको तेस्रो संस्करणको लेटाङ रन–२०८२ स्वास्थ्य सचेतना, सामाजिक एकता र लागूऔषध दुव्र्यसनविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यका साथ भव्य रूपमा सम्पन्न भएको छ। लेटाङ रन नामक संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा केन्यादेखि नेपालका विभिन्न जिल्लासम्मका ७ सय ५० भन्दा बढी खेलाडीहरूको सहभागिता रह्यो, जसले लेटाङ रनलाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद […]

इलाका प्रहरी कार्यालय लेटाङ द्वारा लेटाङमा १० दिने सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु

लेटाङ, १ माघ । लेटाङमा आज सडक अनुशासन र सवारी सुरक्षा अभियान-२०८२ को औपचारिक शुभारम्भ गरिएको छ। अभियान इलाका प्रहरी कार्यालय, लेटाङको आयोजनामा, लेटाङ नगरपालिका, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ र अन्य स्थानीय सरोकारवालाको सहकार्यमा सञ्चालन गरिएको हो। अभियानको उद्घाटन नगर प्रमुख भूपेन्द्र लावातीले गर्दै सबै सरोकारवालालाई सक्रिय सहभागी बन्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, […]

लेटाङ रनका प्रमुख सहयोगी सन्तोष राईलाई धन्यवाद, योगदानको प्रशंसा

लेटाङ, ३० पुलेटाङस। माघ १ गते हुने लेटाङ रन प्रतियोगितालाई सफल बनाउन रु २ लाख आर्थिक सहयोग गरी प्रमुख सहयोगी बन्नु भएका लेटाङ नगरपालिका–३, कमलपुरका स्थायी बासिन्दा तथा हाल बेलायतमा रहनुहुने सन्तोष राईप्रति आयोजक तथा स्थानीयवासीले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। विदेशमा रहेर पनि जन्मभूमि लेटाङको शिक्षा, खेलकुद तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै […]

हर्क साम्पाङकाे दलवाट शान्ति पाख्रिनकाे माेरङ १ मा उमेद्वारी

लेटाङ, २९ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङ क्षेत्र नम्बर १ मा नयाँ राजनीतिक प्रयोगको संकेत देखिएको छ। श्रम संस्कृति पार्टीले शान्ति पाख्रिनलाई उम्मेदवार घोषणा गर्दै औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा प्रवेश गरेको छ। धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले बिहीबार आयोजित कार्यक्रममा […]

हिमालय महायान गुम्बाको ९औँ साधारण सभा सम्पन्न

लेटाङ, २७ पुस। हिमालय महायान छेवाङ छ्योलिङ गुम्बा, लेटाङ नगरपालिका ४ को ९औँ वार्षिक साधारण सभा आइतबार गुम्बा परिसरमा सम्पन्न भएको छ । कार्यक्रम लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित भएको हो । प्रमुख अतिथि वडाध्यक्ष श्रेष्ठले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण स्थानीय सरकारको प्राथमिकता रहेको बताउनुभयो । उहाँले गुम्बा तामाङ समुदायको […]

बाजि वंशावलीको साधारण सभा सम्पन्न

लेटाङ, २७ पुस । किरात याक्थुङ लिम्बू वाजी वंशावली लेटाङ नगर समितिको प्रथम वार्षिक साधारण सभा आइतबार लेटाङ–६ पार्टीखेतमा सम्पन्न भएको छ। कुल बहादुर वाजी लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष रामेश्वर वाजी लिम्बू प्रमुख अतिथि रहनुभयो भने विशेष अतिथिहरूको उपस्थिति रहेको थियो। सभामा संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। वाजी वंशावली सेवा […]

लेटाङमा विकास र सेवा सुधारबारे नागरिक–जनप्रतिनिधि संवाद

  लेटाङ, २७ पुस । लेटाङ नगरपालिकाका जनप्रतिनिधि र नागरिक समाजबीच आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक विकास मञ्च (सीडीएफ) को आयोजनामा लेटाङ–५ स्थित आश्रय केन्द्रमा भएको कार्यक्रममा नगरको विकास, सेवा प्रवाह र भावी योजनाबारे छलफल गरिएको हो। अन्तरक्रियामा सहभागीहरूले दीगो आन्तरिक आय, कृषि बजारीकरण, शिक्षा, फोहोर व्यवस्थापन, सडक स्तरोन्नति, स्वास्थ्य सेवा र कृषि […]

मेची राजमार्गमा सडक र विद्युत ६ घण्टा बन्द

साहारा लिम्बू फुङलिङ, पुस २५ गते । मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन अवरुद्ध हुने भएको हो । मेची राजमार्गअन्तर्गतको काबेली–बहानन्देसम्मको साँघुरो सडकको स्तरोन्नति गर्ने कार्य शुक्रबारबाट सुरु […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ