बुद्ध जयन्तीको अवसरमा अन्तरधार्मिक शान्ति पार्क आज बेलुका उद्घाटन हुने

प्रशान्त निराैला शुक्रबार, बैशाख १८, २०८३

लेटाङ, १८ वैशाख । मोरङको लेटाङ नगरपालिका–१ राजारानीमा निर्माण सम्पन्न भएको अन्तरधार्मिक शान्ति पार्क आज साँझ औपचारिक रूपमा उद्घाटन हुँदैछ । २५७०औँ बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरिएको उद्घाटन समारोह साँझ ५ बजे हुने लेटाङ नगरपालिकाले जनाएको छ । नगर गौरवको योजनाका रूपमा निर्माण गरिएको पार्क धार्मिक सहिष्णुता, सद्भाव र शान्तिको प्रतीकका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

नगरपालिकाले सम्पूर्ण नगरवासी आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भई उद्घाटन समारोहको शोभा बढाइदिन आग्रह गरेको छ । पार्कमा हिन्दु, बौद्ध, इसाई, इस्लाम र किरात धर्मका प्रतीकात्मक संरचना निर्माण गरिएको छ । विभिन्न धर्मका अनुयायीलाई एउटै स्थानमा जोड्दै आपसी सद्भाव कायम गर्ने उद्देश्यले पार्क निर्माण गरिएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले बताएका छन् ।

राजारानी क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको यस पार्कले लेटाङलाई नयाँ धार्मिक पर्यटन गन्तव्यका रूपमा परिचित गराउने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा विभिन्न धार्मिक अगुवा, जनप्रतिनिधि, स्थानीयवासी तथा बुद्ध धर्मावलम्बीहरूको उल्लेख्य सहभागिता रहने नगरपालिकाले जनाएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

माेरङ, काेशि प्रदेश , नेपाल , मोरङ