फुडबैंक मार्फत १२० परिवारलाई राहत

Letang Khabar बिहिबार, भाद्र २५, २०७७

लेटाङ २५ भदौ । फुड बैक मार्फत बुधवार लेटाङ ५ र २ का अतिनै बिपन्न १०९ परिवारलाई राहत प्याकेज बितरण भएको छ । लेटाङ ५ ८९ परिवार र लेटाङ २ का २० परिवारलाई राहत बितरण गरिएको हो । लेटाङ २ मा मंगलवार समेत राहत बितरण गरिएको थियो ।
”हुनेले दिएर जाँउ, नहुनेले लिएर” भन्ने मुल नारालाई आत्मसात गर्दै लेटाङका ४ वटा संस्था मिलेर फुड बैक संचालन गरिरहेका छन् ।लेटाङ उद्योग बाणिज्य संघ, लेटाङ जेसिज, लेटाङ पुस्तकालय र चारतारे युथ क्ल्बको संयुक्त आयोजनामा लेटाङमा संचालन भैरहेको हो । बिगत ४ दिन देखि लेटाङका बिभिन्न वडामा फुड बैंक सञ्चालित छ ।

अतिनै बिपन्न परिवारहरुलाई दैनिक गुजारा गर्न सहज होस् भनि बिपन्न परिवारहरुको घरमै पुगि आज खाद्यान्न बितरण गरिएको आयोजकले जनाएको छ । फुड बैंक बाट कोहि बिपन्न परिवार राहत लिन छुटेको भए आयोजक संस्थामा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
बिहिवार आजको फुड बैंक सन्चालनको कार्यक्रम लेटाङ नगरपालिका वडा नम्बर ६ मा हुने भएको छ ।

अति बिपन्न परिवारहरुका लागि घरमै पुगेर राहत बितरण गर्ने कार्यक्रम रहेको हुदाँ टोलमा अति बिपन्न परिवार हुनुन्छ भने अभियन्ता आनन पौडेल ९९८४२४३८६५९ ० लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ