सास्थम कलेजमा स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना

Letang Khabar मंगलबार, पुष ०९, २०८१

विराटनगर, पुष ९ गते । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक बिघ्यार्थीहरुलाई स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका नयाँ विद्यार्थीलाई स्वागत तथा क्रिसमस कार्यक्रम आयोजना गरिएको स्वागत गरिएको क्याम्पस प्रमुख विनय विष्णु केसीले जानकारी दिनुभयो । सो कार्यक्रममा विध्यार्थीहरुले आफनो विभिन्न कलाहरुलाई प्रस्तुत गरेका थिए । बीएचएम र बीबीएका विध्यार्थीहरुले आफनो भाषा कला र सस्कृति झल्कने पोषाकमा विभिन्न सास्कृतिक कार्यक्रम समेत गरेका थिए । पूर्वाञ्चल विश्व विद्यालयबाट स्वीकृत प्राप्त भएको उक्त विद्यालयले प्रत्येक वर्ष होटल म्यानिजमेन्टको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।

स्वागत कार्यक्रममा बोल्दै कलेज प्रमुख विनय विष्णु केसीले विध्यार्थीमा रहेको प्रतिभालाई सास्कृतिक प्रस्तुती मार्फत प्रस्तुत गरिएको जानकारी दिनुभयो ।कलेजले बीएचएमका विद्यार्थीहरुलाई नेपालसहित जापान, दुवई, बराइन, माल्दिभ्स लगायतका देशका स्टार होटलहरुमा इन्टर्नका लागि पठाउँदै आएको छ । कार्यक्रममा सास्थम कलेजका वि एच एम डाइरेक्टर सैलेन्द्र गणेश, क्याम्पस प्रमुख लगायत अन्य शाखा प्रमुखहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ