रैथाने पूर्वेली लोकगीत संरक्षणमा निरन्तरता दिदै सन्तोष योञ्जन……

पूर्वी पहाडका प्रसिद्ध लोक भाकाहरु हाक्पारे, पालम, केलाङ, साकेला, ख्याली वा झ्याउरे अर्थात चुड्के, लम्बरी वा नम्बरी, गोठाले वा घाँसे वा दाउरे, मारुनी, सोरठी आदि भाकाहरूमध्ये “एकै नजर परिगो” बोलको लापोन्मखु पुरानो रैथाने भाका ख्याली अर्थात् झ्याउरे वा चुड्केलाई सङ्कलक सन्तोष योञ्जनले टपक्कै टिपेर जीवन्त पार्ने प्रयास गर्नुभएको छ । भोजपुर जिल्ला अरुण गाउँपालिका ४ […]

समाजसेवामा सक्रिय हुँदै युवा नेता गिरि

बिराटनगर। समाजसेवी तथा युवा नेता अभिषेक गिरिले बिराटनगरका एक विपन्न, असहाय तथा गरिब परिवारलाई नगद र सामग्री सहयोग गरेका छन्। उनले आफ्नो टिमसहित उक्त परिवारको घरमै पुगेर नगद, सिरक, र डसना हस्तान्तरण गरेका हुन्। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै गिरिले भविष्यमा पनि यो परिवारले कुनै अप्ठ्यारो सामना गरे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अभिषेक […]

अंगिका भाषामा आधारित पहिलो ऐतिहासिक चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर म्युजिक सार्वजनिक

विराटनगर । मधेश तराईमा बसोबास गर्ने आदीवासी गनगाई जातिको लोक संस्कृति तथा अंगिका भाषामा आधारित पहिलो ऐतिहासिक चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर म्युजिक सार्वजनिक गरिएको छ । गणपति म्युजिक प्रालिको आयोजनामा मोरङको कटहरी – २ स्थित जीवन विकास समाजको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा ट्रेलर म्युजिक सार्वजनिक गरिएको हो । सो अवसरमा सन्तोष सरकारद्वारा निर्देशित […]

मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह ‘सारवत्’ विमोचन

मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तकसङ्ग्रह ‘सारवत्’को राजधानीमा सार्वजनिकीकरण भएको छ । प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई मुक्तकमणि सम्मान दिइएकामा खुसी व्यक्त गरे । आफूले पुस्तक आद्योपान्त अध्ययन गरेको भन्दै मुक्तकको सिद्धान्त अनुसार नै यो सङ्ग्रह रहेको खरेलको भनाइ थियो […]

माधवी अर्यालको ‘माइतै रमाइलो’मा केकी (भिडियो )

काठमाडौँ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केहि हप्ता बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा लोकप्रिय नायिका केकी अधिकारी अभिनित मौलिक तीज गीत ‘माइतै रमाइलो’को भिडियो सार्वजनिक भएको छ । गीतकार शीतल कादम्बिनीको शब्द रचना ,गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो […]

“माया बस्यो संगिनी ” सार्वजनिक

काठमाडौं । तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना […]

‘बर एण्ड वधु’को ‘तिमी सँग’मा रोमान्टिक आँचल र विवेक

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ । यो गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरू नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदिप […]

‘हंगामा’ मार्फत अभिनयमा फर्किए धुर्मुस- सुन्तली (भिडियो )

काठमाडौं । लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पुन: अभिनयमा फर्किएका छन् । गायिका सुजाता के सी र तुलसी सिवाकाेटीको स्वर रहेको रोमान्टिक गीत ‘हंगामा’को म्युजिक भिडियोमा धुर्मुस _सुन्तलीलाइ नयाँ शैलीमा प्रस्तुत गरिएको छ । सी डी विजय अधिकारीको शब्द ,संगीत रहेको गीतमा केशव […]

अहिले सम्मकै सुपरहिट लोकदोहोरी गीत ‘तातो पानी ’ सार्वजनिक

काठमाण्डौं । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ