रैथाने पूर्वेली लोकगीत संरक्षणमा निरन्तरता दिदै सन्तोष योञ्जन……

संवाददाता सोमबार, आश्विन २१, २०८१

पूर्वी पहाडका प्रसिद्ध लोक भाकाहरु हाक्पारे, पालम, केलाङ, साकेला, ख्याली वा झ्याउरे अर्थात चुड्के, लम्बरी वा नम्बरी, गोठाले वा घाँसे वा दाउरे, मारुनी, सोरठी आदि भाकाहरूमध्ये “एकै नजर परिगो” बोलको लापोन्मखु पुरानो रैथाने भाका ख्याली अर्थात् झ्याउरे वा चुड्केलाई सङ्कलक सन्तोष योञ्जनले टपक्कै टिपेर जीवन्त पार्ने प्रयास गर्नुभएको छ । भोजपुर जिल्ला अरुण गाउँपालिका ४ र्याङमा जन्मेका योञ्जन विशेषगरी आदिवासी ज्ञान, सिप तथा संस्कृतिका अध्ययन गरिरहेका छन् । यो किरात सभ्यताभित्र विभिन्न पर्व, मेला, हाटबजार आदिमा गाइने लोकगीत हो । यस भाकामा लोकजीवनको विभिन्न दुःखसुख, प्रेमविछोड, आशानिरास, रहनसहन, रीतिरिवाज, विश्वास, अनुभूति, जीवनचक्रका सत्यता आदिलाई अभिव्यक्ति गरिएको छ । यो विशेषगरी कामको थकानपश्चात् साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिनमा लाग्ने राँके बजारकेन्द्रित भएर गाइएको लोकगीत हो । हुन त यस भाका अन्य पर्व तथा हाटबजारमा पनि प्रसस्तै गाइने चलन छ । योञ्जनले यस भाकाका लय र केही शब्दहरू अरुण गाउँपालिका र्याङ ४ बेसीटोलका स्वर्गीय श्री सीताराम बालाली राईबाट सङ्कलन गरेका हुन् भने बाँकी अन्य शब्दहरू अरुण तथा तम्मोर उपत्यका भेगबाट संयोजन गरेका हुन् ।
यस लोकगीतमा आवाज स्वयम् संकलक सन्तोष योञ्जनको रहेको छ भने महिला आवाजमा गायिका दिपा तामाङले साथ दिएकी छ । गीतमा म्युजिकको सम्पादन सन्तोष योञ्जन र बुद्ध स्याङबाले गरेका हुन् भने एरेन्ज र मिक्सिङ बुद्ध स्याङबाले गरेका हुन् । यस गीतको रेकर्डिङ बुद्ध रेकर्डिङ स्टूडियो पुतलीसडकमा गरिएको हो । गीतको अडियो सन्तोष योञ्जनको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

पुरा गीत सुन्नलाई तलका लिङ्कमा जानुहोस् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ