गीतकार आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक

News आइतबार, आषाढ ३०, २०८१

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक भएको छ ।

शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार सङ्घ नेपालको आयोजनामा गरिएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवं तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ लगायतको उपस्थितिमा गीतका भिडियोहरु सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोहरुमा ‘पेलि फाक् सेवारो,’ ‘परदेशी जीवन,’ ‘पत्थर कोइला,’ र ‘हुलाकी दाई’ हुन् । सार्वजनिक गीत अनि भिडियोको समीक्षा सङ्गीतकार मुकारुङले गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष थापाले हरेक गीतकारहरुले आफ्नो मनसँगै आफ्नोपन, परिवार, समाज, समुदाय, भेग, परम्परा संस्कृति एवं जागरण, चेतना, सन्देश, ज्ञान दिलाउने गीतहरु लेख्नुपर्ने धारणा राखे ।

उनले भने, ‘रहर र मनोरञ्जनको रूपमा मात्रै गीतलाई लिनु हुँदैन यो बौद्धिक सम्पत्ति हो । गीत सिर्जनाले आर्थिक आय आर्जन पनि गर्दछ र समाजलाई समृद्धिको बाटो साथै देशको विकासमा पनि टेवा पुर्‍याउँछ ।’

कार्यक्रममा गीत सङ्गीत, साहित्य, कलाकर्मी, पत्रकार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थित रहेको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ