थप ३ दिनका लागि लेटाङ नगरपालिका शिल

Letang Khabar मंगलबार, भाद्र १६, २०७७

लेटाङ १६ भदौ । लेटाङमा थप ३ दिन सिल गरिने भएको छ । कोभिड १९ को संक्रमण स्थानिय स्तरमा समेत देखिन थालेपछि कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न नहुन्जेल सिलको समय थप गरिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

आज विपद ब्यवस्थापन समितिको सिफारिसमा कार्यपालिका बैठकवाट १९ गते राती १२ बजे सम्म सिल  थप गर्ने निर्णय पारित गरिएको मेयर राईले जानकारी दिनुभयो । जुम एप मार्फत गरिएको बैठकवाट नगरपालिका थप ३ दिन सम्म सिल गर्ने निर्णय भएको हो ।

लेटाङमा हाल सम्म स्थानिय स्तरमा १० जनालाई कोभिड १९ को संक्रमण देखिएको छ । उनिहरु संक्रमण मुक्त भएर घर गईसकेका छन् भने थानिय स्तरमा देखिएका कोरोना संक्रमितहरु हाल घरमै आईसोलेसनमा उपचाररत छन् । लेटाङमा एकजना स्वास्थ्यकर्मीलाई समेत कोभिड १९ को संक्रमण देखिएको छ । सवैको अवस्था सामान्य रहेको लेटाङ नरगपालिका स्वास्थ्य शाखाका प्रमुख महेन्द्र चौधरीले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ