लेटाङमा होटल तथा लज व्यवसायीहरूसँग सुरक्षा(व्यवस्था सम्बन्धी अन्तरक्रिया, आठबुँदे सहमति

प्रशान्त निराैला सोमबार, पौष २१, २०८२

लेटाङ,२१ पुस । इलाका प्रहरी कार्यालय लेटाङको आयोजनामा आज कार्यालय प्रमुख प्रहरी निरीक्षक सागर साहको अध्यक्षतामा लेटाङ क्षेत्रभित्र सञ्चालित होटल, लज तथा गेष्ट हाउस व्यवसायीहरूसँग सुरक्षा(व्यवस्था, कानुनी पालन र व्यावसायिक अनुशासनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लेटाङ क्षेत्रका होटल, लज तथा गेष्ट हाउसहरूलाई व्यवस्थित, सुरक्षित तथा कानूनसम्मत रूपमा सञ्चालन गर्ने उद्देश्यका साथ आठबुँदे निर्णय गरिएका छन्। निर्णयअनुसार अबदेखि पाहुनाको पूरा विवरण अभिलेखीकरण, संवेदनशील स्थानमा सिसी क्यामेरा जडान, भित्री(बाहिरी क्षेत्र उज्यालो राख्ने व्यवस्था, राति १० बजेपछि अनावश्यक गतिविधि पूर्णरूपमा बन्द गर्ने, कानूनले निषेध गरेका गतिविधि रोकथाम, आपतकालीन अवस्थामा तत्काल प्रहरीलाई खबर गर्ने, नियमित अनुगमनमा सहकार्य गर्ने र प्रचलित नियम तथा आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

अन्तरक्रियामा प्रहरी र व्यवसायीबीच आपसी सहकार्य, समन्वय र विश्वासलाई थप सुदृढ गर्दै शान्ति(सुरक्षा कायम राख्न निरन्तर सूचना आदान(प्रदान गर्ने सहमति भयो। साथै, सुरक्षित, मर्यादित र कानूनसम्मत व्यवसायिक वातावरण निर्माण गर्ने, नागरिक तथा पर्यटकको जीवन र सम्पत्तिको संरक्षण गर्ने तथा लेटाङलाई अपराधमुक्त र अनुशासित क्षेत्रका रूपमा विकसित गर्न सहकार्यलाई निरन्तरता दिने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख सागर साहले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ