आज क्रिसमस डे, लेटाङमा पनि उत्साहपूर्वक मनाइँदै

लेटाङ, १० पुस । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज येशु ख्रिष्टको जन्मोत्सवका रूपमा क्रिसमस डे पर्व उल्लासपूर्वक मनाउँदै छन् । मोरङको लेटाङ क्षेत्रमा समेत चर्च तथा समुदायभित्र विशेष प्रार्थना, शुभकामना आदानप्रदान र सामुदायिक भेटघाट कार्यक्रमसहित क्रिसमस मनाउने तयारी भइरहेको छ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको स्मरणमा मनाइने क्रिसमस डेले प्रेम, करुणा र […]

कालेबुदुली सडक निर्माण ढिलाई भएको भन्दै स्थानिय आक्रोशित

लेटाङ, ९ पुस। मोरङको लेटाङ नगरपालिकाब६ गुवावारीस्थित उकालो सहित कालेबुदुली सडक समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन्। लामो समयदेखि अधुरो अवस्थामा रहेको सडकका कारण दैनिक जनजीवन प्रभावित भएपछि स्थानीयले काम तत्काल तीव्र नबढे सडक ठप्प पार्ने चेतावनी दिएका छन्। करिब ४ वर्षअघि सुरु गरिएको सडक स्तरोन्नतिको काम अझै सम्पन्न हुन नसक्दा हिउँदमा धुलो […]

लेटाङ एडभान्स हस्पिटलको निःशुल्क स्वास्थ्य शिविरमा २९२ ले स्वास्थ्य परिक्षण गरे, १० जेष्ठ नागरिक सम्मानित

लेटाङ, ९  पुस। लेटाङ एडभान्स हस्पिटलको आयोजनामा आज सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कुल २९२ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। शिविरमार्फत विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गरिएको हस्पिटलले जनाएको छ। हस्पिटलका अनुसार शिविरमा एक्स–रे सेवा ५३ जना, ल्याब सेवा १०३ जना, आँखा जाँच ९७ जना, हाडजोर्नी विभागबाट ६३ जना, बालरोग विभागबाट २२ जना तथा सुगर […]

ज्ञानसँगै सीप, शान्ती सामुदायिक पुस्तकालयमा ३९० घण्टे प्राविधिक तालिम

लेटाङ, ९ पुस । पुस्तकालय भनेको केवल पुस्तक पढ्ने ठाउँ मात्र होइन, सीप विकास र आत्मनिर्भरता निर्माणको केन्द्र पनि हुन सक्छ भन्ने सन्देशसहित लेटाङ–४ स्थित शान्ती सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजनामा ३९० घण्टे प्राविधिक तालिमको औपचारिक उद्घाटन सम्पन्न भएको छ। एसी तथा फ्रिज मर्मत, जुनियर वेल्डिङ, ईलेक्ट्रीसियन र प्लम्बिङ विषयमा सञ्चालन हुने तालिमको उद्घाटन […]

विदेशी धावकसहित करिब ८ सयको सहभागितामा माघ १ गते तेस्रो लेटाङ रन हुँदै

लेटाङ, ९ पुस। लेटाङ रनको तेस्रो संस्करण आगामी माघ १ गते करिब ८ सय धावकको सहभागितामा सञ्चालन हुने भएको छ। आयोजक संस्था लेटाङ रनले मंगलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। यस वर्षको लेटाङ रन अघिल्ला संस्करणभन्दा वृहत्तर, व्यवस्थित र अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै लेटाङ रनका अध्यक्ष […]

लेटाङ एडभान्स हस्पिटलको चौथो वार्षिक उत्सवमा १० जेष्ठ नागरिकलाई वर्षभरि निःशुल्क उपचार, निःशुल्क स्वास्थ्य शिविर पनि

लेटाङ ६ पुस । लेटाङ एडभान्स हस्पिटलले आफ्नो चौथो वार्षिक उत्सवको अवसरमा १० जना जेष्ठ नागरिकलाई एक वर्षभरि निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि उपलब्ध गराउने घोषणा गरेको छ। साथै, उक्त अवसरमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने भएको छ। पुस ८ गते बिहान ७ बजेदेखि लेटाङ एडभान्स हस्पिटल लेटाङ ४ नगरपालिका दक्षिण अगाडि बृहत स्वास्थ्य […]

गुवाबारी उकालोमा गाडी पल्टियो, मानवीय क्षति भएन

लेटाङ, ६ पुस । लेटाङ नगरपालिका वडा नं. ६ गुवाबारी जाने उकालो सडकखण्डमा आज प्रदेश–३ ०१–०२२ च ३६३२ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएको छ। दुर्घटनामा गाडीमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भएको छैन। घटनापछि इलाका प्रहरी कार्यालय लेटाङको सहयोगमा अवस्था सामान्य बनाइएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

गुवाबारीको फेदीमा एक वृद्ध व्यक्ति फेला

लेटाङ ६ पुस। लेटाङ नगरपालिका वडा नं. ६ गुवाबारीको फेदीमा एक वृद्ध व्यक्ति फेला परेका छन्। इलाका प्रहरी कार्यालयका अनुसार उक्त व्यक्ति लाखबारी नजिकै लडिरहेको अवस्थामा भेटिएका हुन्। अन्दाजी ८०–८५ वर्ष उमेरका ती वृद्धले शिरमा ढाकाटोपी र कालो रंगको ज्याकेट लगाएका छन्। उक्त व्यक्तिलाई चिन्नुहुने वा आफन्तजनले इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। […]

प्याव्सन लेटाङको नगर परिषद् सम्पन्न, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

लेटाङ, ४ पुस । प्याव्सन लेटाङको दोस्रो नगर परिषद् भेला शुक्रबार सम्पन्न भएको छ। अध्यक्ष भोलनाथ पाण्डेको अध्यक्षतामा तथा लेटाङ नगरपालिका प्रमुख भूपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। भेलामा एसइइ र आधारभूत तहमा उत्कृष्ट जीपीए ल्याउने ४ जना विद्यार्थी र प्याव्सनमा आबद्ध १४ विद्यालयका १४ जना उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको छ। एसइइतर्फ छात्रा […]

अंशु गौतम हत्या प्रकरणमा अपराधीलाई कठघरामा उभ्याएको योगदानको कदर गर्दै मोरङ प्रहरी प्रमुख कटुवाल सम्मानित

लेटाङ ४ पुस । लेटाङ नगरपालिकाले लेटाङ–२ की स्व. अंशुअंशु गौतमको जघन्य हत्या प्रकरणमा हत्यारालाई पत्ता लगाई दोषीलाई कानुनी कठघरामा उभ्याउन सफल भएको भन्दै मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाललाई सम्मान गरेको छ। नगर क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न र संवेदनशील घटनामा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै सुरक्षा निकायप्रति आभार व्यक्त गर्न उक्त कार्यक्रम आयोजना गरिएको […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ