हुस्सु र शीतलहरका कारण लेटाङ नगरपालिकाका हुस्सु प्रभावित विद्यालयमा आज र भोलि जाडो विदा

प्रशान्त निराैला बुधबार, पुष १६, २०८२

लेटाङ, १६ पुस । पछिल्ला दिनमा वाक्लो हुस्सु र शीतलहर तीव्र बन्दै गएपछि लेटाङ नगरपालिकाले नगर क्षेत्रभित्रका हुस्सु–प्रभावित सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि जाडो विदा गर्न अनुरोध गरेको छ।

नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखाले जारी गरेको सूचनामा तराइ क्षेत्रमा चिसो र शीतलहरले पठनपाठनमा प्रतिकूल असर पारेकाले पुस १६ र १७ गते (हिउँदे/वर्खे/स्थानीय विदाबाट कट्टा हुनेगरी) विद्यालय विदा गर्न अनुरोध गरिएको उल्लेख छ।

सूचनामा चिसो बढी पर्ने क्षेत्रका विद्यार्थी तथा शिक्षकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन विद्यालयहरूले जिम्मेवारीपूर्वक निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ। नगरपालिकाले हुस्सु र चिसो बढी रहने स्थानमा बिहान कक्षा सञ्चालन गर्दा स्वास्थ्य जोखिम बढ्ने भएकाले सावधानी अपनाउन सुझाव दिएको छ।

यससँगै शाखाले हुस्सु प्रभावित नभएका पहाडी क्षेत्रका विद्यालय भने नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरेको छ, किनकि नगर क्षेत्रको भौगोलिक बनावट फरक भएकाले सबै क्षेत्रमा चिसोको प्रभाव समान नदेखिएको जनाएको छ।

यता अभिभावकहरूले हुस्सुका कारण बिहान विद्यालय आउजाउ गर्न कठिनाइ भएको भन्दै जाडो विदाको व्यवस्था समयानुकूल रहेको प्रतिक्रिया दिएका छन्। नगरपालिकाले मौसमको स्थितिअनुसार आवश्यक परे थप समन्वय गरी निर्णय गरिने जनाएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ