

माेरङ २७ मंसिर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। संगम टोलका ६० वर्षीय भवकृष्ण घिमिरेमाथि हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो। स्थानीयवासीका अनुसार घिमिरे बिहान करिब ५ बजे दूध बेच्न घरबाट निस्कँदै गर्दा हात्तीको सामना भएको थियो। एक्कासि आक्रमण भएपछि उहाँको तत्कालै मृत्यु भएको बताइएको छ। पछिल्लो […]
लेटाङ, २२ मंसिर । लेटाङको कुनै शान्त उचाइबाट उत्तरतर्फ नजर पुर्याउँदा मन नै हराउने किसिमको सौन्दर्य खुल्दै जान्छ। सामुने फैलिएको सानो सहर अनि वरिपरि हरियाली खेतबारी, टनेलजस्तै देखिने साना बाटाहरूले दृश्यलाई अझै जीवन्त बनाउँछन्। गाउँघरका छानामाथि बिस्तारै उक्लँदै गरेको हल्का हुस्सुले माहोललाई रमणीय बनाइदिन्छ। सबैभन्दा मोहक त उत्तरपट्टिको हिमाली श्रृङ्खला— टाढाबाट देखिने सेतै चम्किएका शिखरहरू, […]
लेटाङ २१ मंसिर । लेटाङ मोरङको लेटाङ नगरपालिका–२ फडानीका नबिन गौतमकी १२ वर्षीया छोरी अंशु गौतम त्यसदिन साथी युरिका महतारासँग स्कुल नजिकैको चौरमा खेलिरहेकी थिइन्। त्यहीबेला उनीहरूलाई छिमेकी पदम अधिकारीले बोलाउँछन्। उनलाई देखेपछि अंशुसँग खेलिरहेकी साथी युरिकाले पदमसँग पैसा माग्छिन्।उनले पाँच रुपैयाँ दिएर युरिकालाई दिदीलाई लिएर जंगलको मुखमा आउन भनेर अह्राउँछन्। युरिका त्यहाँबाट हिँडेपछि पदमले […]
लेटाङ, २१ मंसिर । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको “हत्यारा” पक्राउ परेको छ। सोही स्थानका बिचारी भनिने पदम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले हँसियाले रेटेर र खुकुरी प्रहार गरी कुकृत्यपछि अंशुको हत्या गरेको स्वीकार गरेको अंशुको परिवारले जनाएको छ। घटना भएपछि अधिकारी भारतको आसाम–तीनसुकिया भागेका रहेछन्। फोन सम्पर्क भएपछि उनी शुक्रबार […]
केराबारी १९ मंसिर। राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय केराबारी मोरङ (याङशिला) मा शुक्रबार सिसमको ५१औं दिक्षान्त समारोह सम्पन्न भएको छ। कोशी प्रदेशका १४ जिल्लामा रहेका १८ विद्यालयबाट सहभागी ५२१ जना क्याडेट दिक्षित भएका छन्। कार्यक्रममा बलाध्यक्ष रथी श्री गणेश कुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। सो अवसरमा पूर्वी पृतनाका निमित्त पृतनापति सहायक रथी युवराज […]
लेटाङ, १७ मंसिर । “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको सम्बर्धन” भन्ने नारासहित लेटाङ नगरपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। नगरपालिकाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रम लेटाङ समावेशी संस्थाका अध्यक्ष तेज बहादुर लिम्बुको अध्यक्षतामा तथा नगर प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख […]
लेटाङ, १६ मंसिर । लेटाङ–२ बुधबारेस्थित मोरङ पाथिभरा इङ्लिस स्कुलमा आयोजित कोशी आविष्कार मेला १.० अन्तर्गत २ दिने विज्ञान प्रदर्शनी तथा रोबोटिक्स प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूले वाटर प्युरिफिकेसन, हाइड्रोलिक व्रिज, वाटर साइकल, स्मार्ट सिट, प्रोजेक्टर लगायतका मोडेल प्रदर्शित गर्दै आफ्नो सीप र सिर्जनशीलता प्रस्तुत गरे। रोबोटिक्स हाकाथन र रोभो–सकर लिग कार्यक्रमको मुख्य […]
लेटाङ, १६ मंसिर ।लेटाङ नगरपालिका वडा नम्बर ४ लाई मंसिर २४ गते बालमैत्री वडा घोषणा गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। आज जिल्ला समन्वय समितिका अध्यक्ष अजम्बर राई, लेटाङ नगरप्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, वडाध्यक्ष राम कुमार श्रेष्ठ सहित पदाधिकारी तथा सुरक्षा नीयामक निकायको सहभागितामा अवलोकन तथा समन्वय बैठक सम्पन्न भयो। […]
लेटाङ, १३ मंसिर। शुक्रवार यानिकी मंसिर १२ गते राति करिब २२:३० बजे लेटाङ नगरपालिका–५ खेरुवा क्षेत्रमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। ना. ३ प २६८७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा उर्लाबारी नगरपालिका–२ बस्ने २२ वर्षीय सन्दिप धिमालको साथबाट खेरो (हिरोइन) जस्तो देखिने लिसाइलाे […]