विदेशी धावकसहित करिब ८ सयको सहभागितामा माघ १ गते तेस्रो लेटाङ रन हुँदै

प्रशान्त निराैला बुधबार, पुष ०९, २०८२

लेटाङ, ९ पुस। लेटाङ रनको तेस्रो संस्करण आगामी माघ १ गते करिब ८ सय धावकको सहभागितामा सञ्चालन हुने भएको छ। आयोजक संस्था लेटाङ रनले मंगलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। यस वर्षको लेटाङ रन अघिल्ला संस्करणभन्दा वृहत्तर, व्यवस्थित र अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै लेटाङ रनका अध्यक्ष किरण राईले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरका धावकहरूको समेत सहभागिता रहने जानकारी दिनुभयो। प्रतियोगिता खुला, हाम्रो लेटाङ, भेट्रान र कक्षा–८ मुनि गरी चार विधामा महिला र पुरुष दुवै तर्फ सञ्चालन हुनेछ।

सबैभन्दा ठूलो पुरस्कार राशीसहितको खुला महिला तथा पुरुष १० किलोमिटर म्याराथनमा प्रथम हुनेले मेडलसहित रु. ३० हजार, दोस्रोले रु. १५ हजार, तेस्रोले रु. ८ हजार तथा दुई जनाले रु. १–१ हजार सान्त्वना पुरस्कार प्राप्त गर्नेछन्।
लेटाङ नगरपालिका भित्रका धावक मात्र सहभागी हुने ‘हाम्रो लेटाङ’ विधामा प्रथमले रु. ७ हजार, दोस्रोले रु. ४ हजार, तेस्रोले रु. ३ हजार र सान्त्वनास्वरूप रु. १–१ हजार प्रदान गरिनेछ।
यसैगरी ४० वर्ष माथिका भेट्रान महिला तथा पुरुषतर्फ प्रथमले रु. १० हजार, दोस्रोले रु. ५ हजार र तेस्रोले रु. ४ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। कक्षा–८ मुनि अध्ययनरत बालबालिकातर्फ प्रथमले रु. ५ हजार, दोस्रोले रु. ३ हजार र तेस्रोले रु. २ हजार नगद पुरस्कार पाउनेछन्। दौड पूरा गर्ने सबै धावकलाई मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ।

खुला, हाम्रो लेटाङ र भेट्रान विधामा सहभागीका लागि रु. ४०० तथा कक्षा–८ मुनि समूहका लागि रु. ३५० दर्ता शुल्क तोकिएको छ। प्रतियोगिता माघ १ गते बिहान ८ बजे लेटाङ बजारको बीपी चोकबाट सुरु भई पुनः सोही स्थानमा समाप्त हुनेछ।
लेटाङ नगरपालिका, वडा कार्यालय, सामुदायिक वन, युकेमा कार्यरत समाजसेवी सन्तोष राईसहित विभिन्न संघसंस्थाको सहयोगमा आयोजना हुने यस प्रतियोगिताको अनुमानित लागत करिब ९ लाख रुपैयाँ रहेको जानकारी दिइएको छ।

युवालाई खेलकुदतर्फ आकर्षित गर्दै लागूऔषध दुर्व्यसनबाट टाढा राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ भने महिला र पुरुष दुवैतर्फ समान पुरस्कार व्यवस्था गरिएकोले महिला सहभागिता उल्लेख्य हुने अपेक्षा गरिएको छ।

 

 

 

 

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ