

लेटाङ, ६ पुस । लेटाङ नगरपालिका वडा नं. ६ गुवाबारी जाने उकालो सडकखण्डमा आज प्रदेश–३ ०१–०२२ च ३६३२ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएको छ। दुर्घटनामा गाडीमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भएको छैन।
घटनापछि इलाका प्रहरी कार्यालय लेटाङको सहयोगमा अवस्था सामान्य बनाइएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

