लेटाङ एडभान्स हस्पिटलको चौथो वार्षिक उत्सवमा १० जेष्ठ नागरिकलाई वर्षभरि निःशुल्क उपचार, निःशुल्क स्वास्थ्य शिविर पनि

प्रशान्त निराैला आइतबार, पुष ०६, २०८२

लेटाङ ६ पुस । लेटाङ एडभान्स हस्पिटलले आफ्नो चौथो वार्षिक उत्सवको अवसरमा १० जना जेष्ठ नागरिकलाई एक वर्षभरि निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि उपलब्ध गराउने घोषणा गरेको छ। साथै, उक्त अवसरमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने भएको छ।

पुस ८ गते बिहान ७ बजेदेखि लेटाङ एडभान्स हस्पिटल लेटाङ ४ नगरपालिका दक्षिण अगाडि बृहत स्वास्थ्य शिबिर हुन लागेको हो ।

हस्पिटलका सञ्चालक ईश्वर शाक्यका अनुसार समाजप्रति उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिएको हो। “चयन गरिएका १० जना जेष्ठ नागरिकलाई वर्षभरि नियमित स्वास्थ्य परीक्षण र आवश्यक औषधि निःशुल्क प्रदान गरिनेछ,” शाक्यले जानकारी दिए।

वार्षिक उत्सवको अवसरमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमार्फत विभिन्न रोगहरूको जाँच, विशेषज्ञ चिकित्सकबाट परामर्श तथा आवश्यक औषधि वितरण गरिने हस्पिटलले जनाएको छ। यस कार्यक्रमले जेष्ठ नागरिकसहित स्थानीय बासिन्दाहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी लिन सहयोग पुग्ने र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

शिविरमा मधुमेह, रक्तचाप, थाइराइड, क्रिएटिनिन, कोलेस्ट्रोल जाँच, एक्स–रे, आँखा परीक्षण, नवजात शिशु तथा बालरोग, हाडजोर्नी, नसा तथा बाथरोगसम्बन्धी निःशुल्क परीक्षण तथा परामर्श उपलब्ध हुनेछ। आवश्यक परेमा निःशुल्क औषधि समेत वितरण गरिनेछ।
विगत चार वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको लेटाङ एडभान्स हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरू नियमित रूपमा गर्दै आएको बताइएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्था, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहने जनाइएको छ।

हस्पिटल प्रशासनले सम्पूर्ण जेष्ठ नागरिक, अभिभावक तथा स्थानीय बासिन्दाहरूलाई कार्यक्रममा उपस्थित भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ