ज्ञानसँगै सीप, शान्ती सामुदायिक पुस्तकालयमा ३९० घण्टे प्राविधिक तालिम

प्रशान्त निराैला बुधबार, पुष ०९, २०८२

लेटाङ, ९ पुस । पुस्तकालय भनेको केवल पुस्तक पढ्ने ठाउँ मात्र होइन, सीप विकास र आत्मनिर्भरता निर्माणको केन्द्र पनि हुन सक्छ भन्ने सन्देशसहित लेटाङ–४ स्थित शान्ती सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजनामा ३९० घण्टे प्राविधिक तालिमको औपचारिक उद्घाटन सम्पन्न भएको छ।

एसी तथा फ्रिज मर्मत, जुनियर वेल्डिङ, ईलेक्ट्रीसियन र प्लम्बिङ विषयमा सञ्चालन हुने तालिमको उद्घाटन शान्ती सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रम शान्ती सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष सुदेश वोस्तिको अध्यक्षतामा आयोजना गरिएको थियो भने लेटाङ–४ का वडाअध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। प्रमुख अतिथिद्वारा गमलामा जल अर्पण गरी तालिमको औपचारिक शुभारम्भ गरिएको थियो।

उद्घाटन कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका साखा अधिकृत, पुस्तकालय भवनका जग्गादाता होमनाथ पौडेल, रिड नेपालका प्रबन्ध निर्देशक चिनकाजी श्रेष्ठ, एसभिए नेपालका प्रतिनिधि डा. गणेश लामा, म्यारिड टेक्निकल इन्स्टिच्युटका प्राविधिक सुदर्शन दाहाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै तालिमका प्रशिक्षकहरू ईश्वर थापा, जगदीश चौधरी र रबिन लिम्बू पनि कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै शृतिदेवी राईले तालिमले स्थानीय युवायुवतीलाई रोजगारीमुखी सीप प्रदान गर्ने, आत्मनिर्भरता बढाउने र वैदेशिक रोजगारीको विकल्पका रूपमा स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका वक्ताहरूले प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्वमाथि जोड दिँदै यस्ता तालिमहरू स्थानीय तहमा निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले तालिमबाट उत्पादन हुने दक्ष जनशक्तिले स्थानीय बजारको माग पूर्ति गर्नुका साथै स्वरोजगार सिर्जनामा समेत टेवा पुग्ने धारणा राखे।

३९० घण्टे तालिमअन्तर्गत सहभागीहरूले सम्बन्धित विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गर्नेछन्। आयोजकका अनुसार तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरूलाई आगामी दिनमा अन्य तालिम कार्यक्रममा प्रशिक्षकका रूपमा अवसर दिने योजना समेत रहेको छ।
यस तालिमले पुस्तकालयलाई ज्ञानसँगै सीप र रोजगारीसँग जोड्ने केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने तथा लेटाङ क्षेत्रका युवाहरूलाई सीपमूलक शिक्षातर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ