कालेबुदुली सडक निर्माण ढिलाई भएको भन्दै स्थानिय आक्रोशित

प्रशान्त निराैला बुधबार, पुष ०९, २०८२

लेटाङ, ९ पुस। मोरङको लेटाङ नगरपालिकाब६ गुवावारीस्थित उकालो सहित कालेबुदुली सडक समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन्। लामो समयदेखि अधुरो अवस्थामा रहेको सडकका कारण दैनिक जनजीवन प्रभावित भएपछि स्थानीयले काम तत्काल तीव्र नबढे सडक ठप्प पार्ने चेतावनी दिएका छन्।

करिब ४ वर्षअघि सुरु गरिएको सडक स्तरोन्नतिको काम अझै सम्पन्न हुन नसक्दा हिउँदमा धुलो र वर्षायाममा हिलोले समस्या बढेको स्थानीयको गुनासो छ। सवारी आवतजावत बढेसँगै सडक अत्यन्तै धुलाम्मे बनेको छ, जसका कारण बालबालिका, वृद्धवृद्धा र सर्वसाधारणमा स्वास्थ्य समस्या देखिन थालेको उनीहरू बताउँछन्।

स्थानीयका अनुसार निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण पर्याप्त परिचालन नगर्दा काम ढिलो भएको हो। विद्यालय जाने विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स तथा दैनिक यात्रुहरू , पर्यटक सबैलाई सडक प्रयोग गर्न अत्यन्तै कठिन भइरहेको छ।

पटकपटक सम्बन्धित निकाय र निर्माण कम्पनीलाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको भन्दै स्थानीय असन्तुष्ट छन्। उनीहरूले समयमै काम सम्पन्न नभए बाध्य भएर सडक बन्द गर्ने चेतावनी दिएका छन्।

अब स्थानीयको चेतावनीपछि सम्बन्धित निकायले के कदम चाल्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ