झापामा जंगली हात्तीको आक्रमणमा युवक घाइते, लेटाङ आसपास समेत हात्तीको जोखिम बढ्दो

प्रशान्त निराैला बिहिबार, पुष १०, २०८२

झापा, १० पुस । मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वन क्षेत्रमा दाउरा संकलन गर्न गएका एक युवक जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन्।
बुधबार साँझ करिब ६ बजे वन क्षेत्रमा प्रवेश गरेका २६ वर्षीय स्थानीय आकाश दाहाललाई गाउँ पसेको जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आक्रमणबाट दाहालको दाहिने खुट्टामा चोट लागेको छ। घाइते दाहालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
हालका वर्षहरूमा तराईका विभिन्न क्षेत्रमा जंगली हात्तीको बस्ती प्रवेश, खेतबारी र वनसँग जोडिएका क्षेत्र आसपास जोखिम बढ्दो देखिएको छ। मोरङको लेटाङ क्षेत्रमा समेत हात्तीको आवतजावत, बस्ती नजिक प्रवेश तथा आक्रमणको सम्भावना बढ्दै गएको स्थानीयहरूले गुनासो गरेका छन्।
विशेषगरी साँझ–बिहान वन क्षेत्रमा नजान, समूहबद्ध भएर मात्रै संकलन कार्य गर्न तथा हात्ती देखिएमा सुरक्षित दूरी कायम गरी सतर्क रहन सुरक्षा निकाय र वन निकायले आग्रह गरेका छन्।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ