युवालाई रोजगारीमुखी बनाउने लक्ष्यसहित १५ दिने बारिस्टा तालिम सुरु

प्रशान्त निराैला बुधबार, पुष २३, २०८२

लेटाङ, २३ पुस । मोरङको लेटाङ नगरपालिका–३ वडाकार्यालयको आयोजनामा युवालाई सीपमूलक र रोजगारीमुखी बनाउने उद्देश्यले १५ दिने बारिस्टा तालिम सुरु गरिएको छ। आ.व. २०८२/८३ को स्वीकृत बजेट अनुसार सञ्चालित तालिम जेनजी पुस्तालाई लक्षित गरी सञ्चालन गरिएको हो।

कार्यक्रमको अध्यक्षता वडाध्यक्ष डम्बरबहादुर राईले गर्नुभयो भने प्रमुख अतिथिमा कमलपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल श्रेष्ठ उपस्थित रहनुभयो। तालिम चन्द्र सूर्य सीप विकास संस्था, दमक–झापाको सहजीकरणमा सञ्चालन हुँदैछ।
वडा भित्रका ८ वटा टोल विकास समितिबाट ३/३ जना सहित अतिरिक्त २ जना गरी २६ जना सहभागी छनोट गरिएको वडाले जनाएको छ। तालिम कमलपुर सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सञ्चालन भइरहेको छ।

वडाध्यक्ष राईले युवालाई उद्यमशील र आत्मनिर्भर बनाउन सीपमूलक तालिम अत्यावश्यक रहेको उल्लेख गर्दै यसबाट स्वरोजगार तथा निजी क्षेत्रमा रोजगारी अवसर बढ्ने विश्वास व्यक्त गर्नुभयो।

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ