मेची राजमार्गमा सडक र विद्युत ६ घण्टा बन्द

ईनेपालपत्र संबाददाता शुक्रबार, पौष २५, २०८२

साहारा लिम्बू
फुङलिङ, पुस २५ गते । मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन अवरुद्ध हुने भएको हो ।

मेची राजमार्गअन्तर्गतको काबेली–बहानन्देसम्मको साँघुरो सडकको स्तरोन्नति गर्ने कार्य शुक्रबारबाट सुरु हुने भएकाले दैनिक ६ घण्टा सडक तथा विद्युत सेवा अवरुद्ध हुने निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनले जनाएको छ । कम्पनीका अनुसार दैनिक बिहान ८ देखि दिउँसो २ बजेसम्म सडक तथा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

निर्माण कार्य अवधि भरि अति आवश्यक कार्यका लागि वैकल्पिक मार्गको सडक प्रयोग गरी सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको छ । यस्तै सोही अवधिमा उक्त क्षेत्रमा आफ्ना पशु चौपाया नछोडिदिन, मानिसहरू हिँडडुल तथा आवतजावत नगरी दिन र सावधानी अपनाइदिन समेत स्थानीयवासी तथा यात्रुहरूलाई अनुरोध गरिएको छ । आफ्ना अनुरोधलाई बेवास्ता गरी कुनै किसिमको क्षति हुन पुगेमा स्वयम् जिम्मेवार हुनु पर्ने समेत निर्माण कम्पनीले जनाएको छ ।

स्तरोन्नतिको समय केन्द्रीय प्रसारण लाइन भएको जिल्लाभरका क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले जनाएको छ । शुक्रबार खोक्से खोलामा स्तरोन्नतिको कार्य सुरु गरिने भएकाले खासै अवरुद्ध हुने सम्भावना कम रहेको जनाइएको छ । शुक्रबारको कार्य स्थानभन्दा विद्युतको पोलहरू टाढा रहेकाले जोखिम नहुने ताप्लेजुङ वितरण केन्द्रको अनुमान छ । तर स्तरोन्नतिमा खटिएको प्राविधिक सल्लाह अनुसार विद्युत सेवा भने शुक्रबारबाटै अवरुद्ध हुने की शनिबारबाट भन्ने चाँही यकिन हुन बाँकी रहेको छ ।

 

गाेरखापत्रवाट

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ