लेटाङमा मेलमिलाप स्थापना दिवस तथा पुनर्ताजगी तालिम समापन, अग्रणी मेलमिलापकर्ताहरू सम्मानित

प्रशान्त निराैला आइतबार, पुष २०, २०८२

लेटाङ, २० पुस । लेटाङ नगरपालिकामा मेलमिलाप स्थापना दिवस र मेलमिलापकर्ताका लागि सञ्चालन गरिएको तीन दिने कानुनी पुनर्ताजगी तालिम शनिबार एकै कार्यक्रममार्फत समापन गरिएको छ।

कार्यक्रमको शुरुमा नगरप्रमुख भूपेन्द्र कुमार लावतीले दीप प्रज्वलन गर्दै स्थापना दिवसको विशेष सत्र उद्घाटन गर्नुभयो।
“बेलैमा गरौँ मिलाप, नगरौँ बिलाप” भन्ने सन्देशसहित आयोजित तालिममा स्थानीय तहमा देखापर्ने विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने व्यवहारिक सीप, कानुनी कार्यविधि र न्यायिक समितिको अधिकारक्षेत्र सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमको सहजीकरण अधिवक्ता गणेशराज लुइटेलले गर्नुभएको थियो।

समापन तथा स्थापना दिवस संयुक्त समारोह उप–प्रमुख तथा न्यायिक समितिकी संयोजक कृष्णकुमारी निरौलाको अध्यक्षतामा सम्पन्न भयो।

सो अवसरमा लेटाङमा मेलमिलापको संस्कृतिलाई अगाडि बढाउन योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सम्मानितमध्ये रमेश वस्ती, दिपक भण्डारी, पुन्य खतिवडा लगायतका मेलमिलापकर्ताहरू रहेका छन्।

कार्यक्रममार्फत न्यायिक समितिको भूमिका केवल मुद्दा टुंग्याउने मात्र नभई समाजमा सहमति र मेलमिलापको अभ्यासलाई सुदृढ बनाउने रहेको संदेश प्रवाह गरिएको आयोजकले जनाएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ