दुर्घटनामा घाइते भएका जाँते निवासी योगेन्द्र थापाको निधन

प्रशान्त निराैला मंगलबार, पुष २२, २०८२

लेटाङ, २२ पुष। मदन भण्डारी राजमार्गअन्तर्गत लेटाङ ५ थापा चौक अगाडि भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ ९ जाँते निवासी ५५ वर्षीय योगेन्द्र थापाको उपचारका क्रममा निधन भएको छ।
प्र. १–०१–००१ ख ४७०७ नम्बरको ‘दिप यातायात’ बसले ठक्कर दिँदा थापा गम्भीर रूपमा घाइते भएका थिए। दुर्घटनापछि उहाँलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। अस्पतालमा उपचार भइरहेकै बेला उहाँको निधन भएको बताईएको छ।
दुर्घटनासम्बन्धी थप विवरण र कानुनी प्रक्रियाबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ