निशन्तान दम्पतिलाई लेटाङ अस्पतालमा उपचार, क्यान्सर फलोअप सहित विशेष ओपीडी सेवा

लेटाङ, २२ पुष । लेटाङ नगर अस्पतालले निशन्तान (बाँझोपन समस्या) सामना गरिरहेका दम्पतीका लागि उपचार तथा परामर्श सेवा सहित विशेष ओपीडी सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनका अनुसार आगामी पुष २४ गते बिहीबार बिहान ११ बजेबाट हुने कार्यक्रममा स्त्रीरोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) द्वारा बाँझोपन व्यवस्थापन तथा स्त्री स्वास्थ्य जाँच सेवा प्रदान गरिनेछ। यससँगै क्यान्सर रोगको उपचार […]

लेटाङ–९ जाँतेका ५५ वर्षीय योगेन्द्र थापा गम्भीर घाइते

लेटाङ, २२ पुस । मदन भण्डारी राजमार्गअन्तर्गत लेटाङ ५ थापा चौक अगाडि आज भएको सवारी दुर्घटनामा लेटाङ–९ जाँतेका ५५ वर्षीय योगेन्द्र थापा गम्भीर रूपमा घाइते भएका छन्। प्र. १–०१–००१ ख ४७०७ नम्बरको ‘दिप यातायात’ नामक बसले ठक्कर दिँदा थापा घाइते भएकाे बताइएको छ। दुर्घटनापछि उहाँलाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगेकाे स्थानीयले […]

लेटाङमा बिना अनुमती सामुदायिक वनक्षेत्र भित्र कालोपत्रे उद्योग संचालनमा, सरकारी निकाय मौन

लेटाङ ,२१ पुस । मोरङको लेटाङ नगरपालिका वडा नम्बर-३ को कीर्तिमान सामुदायिक वन क्षेत्र भित्र अवैध रुपमा कालेपत्रे उद्योग संचालनमा भएको पाईएको छ। निर्माण र मर्मतका लागि अत्यावश्यक मानिने कालोपत्रे (डामर) तयार गर्न प्रयोग गरिने कच्चा पदार्थ जस्तै बिटुमिन, डीजल, तथा अन्य पेट्रोलियम जन्य पदार्थ वातावरण प्रदूषणको मुख्य कारण बन्दै गएको छ। एसियन हाईवेमा निर्माणाधीन […]

लेटाङमा होटल तथा लज व्यवसायीहरूसँग सुरक्षा(व्यवस्था सम्बन्धी अन्तरक्रिया, आठबुँदे सहमति

लेटाङ,२१ पुस । इलाका प्रहरी कार्यालय लेटाङको आयोजनामा आज कार्यालय प्रमुख प्रहरी निरीक्षक सागर साहको अध्यक्षतामा लेटाङ क्षेत्रभित्र सञ्चालित होटल, लज तथा गेष्ट हाउस व्यवसायीहरूसँग सुरक्षा(व्यवस्था, कानुनी पालन र व्यावसायिक अनुशासनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लेटाङ क्षेत्रका होटल, लज तथा गेष्ट हाउसहरूलाई व्यवस्थित, सुरक्षित तथा कानूनसम्मत रूपमा सञ्चालन गर्ने उद्देश्यका साथ […]

चिसाङ खोला उत्खनन रोक्न माग, अवैध कालोपत्रे उद्योगबारे पनि ध्यानाकर्षण

लेटाङ,२१ पुष । लेटाङ–३ कीर्तिमान सामुदायिक वन उपभोक्ता समूहले चिसाङ खोलामा ठेक्का प्रक्रिया र उत्खननप्रति आपत्ति जनाउँदै उत्खनन तत्काल रोक्न मागसहित लेटाङ नगरप्रमुख भूपेन्द्र कुमार लावतीलाई ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष लक्ष्मण बहादुर राईको नेतृत्वमा गएको टोलीले सरोकारवालासँग छलफल, जोखिम मूल्याङ्कन र दीर्घकालीन व्यवस्थापन योजना बिना खोला ठेक्का अघि बढाइएको भन्दै आपत्ति जनाएको हो। उनीहरूले जोखिम […]

सन्तोष राईको परोपकारी भावना उदाहरणीय, साउन्ड सिस्टम सहयोगसँगै विद्यालय विकासमा टेवा

लेटाङ २१, पुस। विदेशमा बसोबास गर्दै पनि गाउँ ठाउँप्रतिको दायित्व र शिक्षा विकासप्रतिको प्रतिबद्धता देखाउँदै दाता सन्तोष राईले महाभारत माध्यमिक विद्यालयका लागि प्रदान गरेको सहयोग उच्च प्रशंसायोग्य भएको छ। “गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता” भन्ने नारासहित विद्यालयमा आयोजित साउन्ड सिस्टम हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम बीच राईले गरेको योगदानको विशेष रूपमा कदर गरिएको हो। लेटाङ नगरपालिका […]

लेटाङमा मेलमिलाप स्थापना दिवस तथा पुनर्ताजगी तालिम समापन, अग्रणी मेलमिलापकर्ताहरू सम्मानित

लेटाङ, २० पुस । लेटाङ नगरपालिकामा मेलमिलाप स्थापना दिवस र मेलमिलापकर्ताका लागि सञ्चालन गरिएको तीन दिने कानुनी पुनर्ताजगी तालिम शनिबार एकै कार्यक्रममार्फत समापन गरिएको छ। कार्यक्रमको शुरुमा नगरप्रमुख भूपेन्द्र कुमार लावतीले दीप प्रज्वलन गर्दै स्थापना दिवसको विशेष सत्र उद्घाटन गर्नुभयो। “बेलैमा गरौँ मिलाप, नगरौँ बिलाप” भन्ने सन्देशसहित आयोजित तालिममा स्थानीय तहमा देखापर्ने विवादलाई मेलमिलापको माध्यमबाट […]

अलपत्र योजना पुनर्जीवित हुने संकेत, जनदबाबपछि खोर्साने समेवा वैकल्पिक सडक निर्माण पुनः सक्रिय”

अलपत्र योजना पुनर्जीवित हुने संकेत, जनदबाबपछि खोर्साने समेवा वैकल्पिक सडक निर्माण पुनः सक्रिय” तिलक राई मोरङ, १६ पुष । खोर्साने,केराबारी,भोगटेनी,रामपुर,आरुबोटे,सिंहदेवी हुँदै सम्मेवा जोड्ने महत्वपूर्ण मोटरबाटो निर्माण योजना पुनः अघि बढ्ने संकेत देखिएको छ। ठेकदारको लापरवाही र कार्यप्रगति सुस्त भएपछि लामो समयदेखि स्थगित यो योजना जनप्रतिनिधि तथा स्थानीयवासीको निरन्तर पहलपछि पुनः सक्रिय हुने वातावरण बनेको हो। […]

हुस्सु र शीतलहरका कारण लेटाङ नगरपालिकाका हुस्सु प्रभावित विद्यालयमा आज र भोलि जाडो विदा

लेटाङ, १६ पुस । पछिल्ला दिनमा वाक्लो हुस्सु र शीतलहर तीव्र बन्दै गएपछि लेटाङ नगरपालिकाले नगर क्षेत्रभित्रका हुस्सु–प्रभावित सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि जाडो विदा गर्न अनुरोध गरेको छ। नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखाले जारी गरेको सूचनामा तराइ क्षेत्रमा चिसो र शीतलहरले पठनपाठनमा प्रतिकूल असर पारेकाले पुस १६ र १७ गते (हिउँदे/वर्खे/स्थानीय […]

शीतलहरका कारण जाँते मा.विमा दुई दिन जाडो विदा

लेटाङ, १६ पुस । पछिल्लो समय लेटाङ सहित तराइ क्षेत्रमा वाक्लो हुस्सु र शीतलहरसँगै चिसो तीव्र भएपछि मोरङको लेटाङ–८ स्थित जाँते माध्यमिक विद्यालयले तीन दिनका लागि कक्षा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। विद्यालय प्रशासनले जारी गरेको सूचनाअनुसार पुस १६, १७ गतेसम्म हिउँदे/वर्खे/स्थानीय विदाबाट कट्टा हुनेगरी विदा दिइएको छ। विद्यालयले जारी सार्वजनिक सूचनामा विगत केही […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ