

जाँते, ३ माघ । जवरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लेटाङ र प्रहरी चौकी जाँतेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मोरङ जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा प्रतिवादीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका वडा नं. ९ निवासी दिनेश दर्जी रहेका छन्। उनीमाथि जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भई २०८० साल श्रावण ०१ गते मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। घटना पश्चात फरार रहेका दर्जी गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा माघ ०२ गते जाँते क्षेत्रबाट पक्राउ परेका हुन्।


पक्राउ परेका दर्जीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मोरङ जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।