लेटाङमा ‘छात्रासँग उपमेयर कार्यक्रम २०८२’ को औपचारिक शुभारम्भ

प्रशान्त निराैला आइतबार, माघ ११, २०८२

लेटाङ ११, माघ । २०७७ साल देखि नियमिति रुपमा संचालित छात्रा संग उपमेयर कार्यक्रम लेटाङमा यस बर्ष समेत सुरु भएको छ । लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयबाट “छात्रासँग उपमेयर कार्यक्रम २०८२“ औपचारिक रूपमा आज देखि सुरु भएको हो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी विद्यालयस्तरीय रूपमा सञ्चालन गरिएको यो कार्यक्रम माघ ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने बताइएको छ।
लेटाङ नगरपालिका कार्यालय अन्तर्गत शिक्षा तथा सामाजिक विकास शाखाले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमले छात्राहरूको क्षमता अभिवृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि प्रभावकारी र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम अन्तर्गत छात्राहरूको समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राख्दै “छात्रासँग मनका कुरा”, किशोरी स्वास्थ्य, कानुनी चेतना, नागरिक अधिकार, मानसिक स्वास्थ्य, मनोपरामर्श, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास तथा जीवन सीप विकाससम्बन्धी विभिन्न प्रशिक्षण र अन्तरक्रियात्मक गतिविधिहरू गरिनेछन्। यसले किशोरीहरूलाई आत्मनिर्भर, सचेत र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा भुपेन्द्र कुमार लावती, विशिष्ट अतिथिका रूपमा कृष्ण कुमारी निरौला र अतिथिहरूमा भुम सूर्य मगर, शिक्षा अधिकृत कृष्णराज राई, श्री शिक्षा विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद मिश्र, प्रशिकक्षकहरु उमेश शिवाकोटी, मोनिका खड्कालगायत अन्य शिक्षक–शिक्षिका, बिधार्थीहरूको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा उपप्रमुख कृष्ण कुमारी निरौलाले बोल्दै किशोरीहरूलाई सामाजिक, मानसिक र शैक्षिक रूपमा सशक्त बनाउन यस प्रकारका कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको र छात्राहरूलाई आत्मविश्वासी, नेतृत्व क्षमतायुक्त र सचेत नागरिकका रूपमा विकास गर्न नगरपालिकाले हरेक वर्ष यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
शिक्षा अधिकृत कृष्णराज राईले यो कार्यक्रम नगरभित्रका हरेक सरकारी तथा निजी विद्यालयहरूमा सञ्चालन गरिने तर बढी आवश्यकता सरकारी विद्यालयमा देखिएकाले सरकारी विद्यालयलाई प्राथमिकता दिइने जानकारी दिनुभएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ