लेटाङ रनका प्रमुख सहयोगी सन्तोष राईलाई धन्यवाद, योगदानको प्रशंसा

प्रशान्त निराैला बुधबार, पुष ३०, २०८२

लेटाङ, ३० पुलेटाङस। माघ १ गते हुने लेटाङ रन प्रतियोगितालाई सफल बनाउन रु २ लाख आर्थिक सहयोग गरी प्रमुख सहयोगी बन्नु भएका लेटाङ नगरपालिका–३, कमलपुरका स्थायी बासिन्दा तथा हाल बेलायतमा रहनुहुने सन्तोष राईप्रति आयोजक तथा स्थानीयवासीले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

विदेशमा रहेर पनि जन्मभूमि लेटाङको शिक्षा, खेलकुद तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको भन्दै आयोजक समिति र सरोकारवालाहरूले उहाँको उच्च प्रशंसा गरेका छन्। स्वास्थ्यका लागि दौड भन्ने मूल नारासहित आयोजना हुन लागेको लेटाङ रनका लागि उहाँको सहयोगले कार्यक्रमलाई थप व्यवस्थित र सफल बनाउन महत्वपूर्ण टेवा पुगेको बताइएको छ।

शिक्षा र खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आउनु भएका राईले नेपालमै कलेजमा प्रध्यापनसमेत गर्नुभएको थियो। उहाँको योगदानले युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिइएको छ।

लेटाङको समग्र विकासप्रति देखाउनुभएको प्रतिबद्धताका लागि सन्तोष राईप्रति लेटाङवासीले कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन्।

लेटाङ रनका प्रमुख सहयोगी सन्तोष राईलाई धन्यवाद, योगदानको प्रशंसा

लेटाङ, ३० पुस। माघ १ गते हुने लेटाङ रन प्रतियोगितालाई सफल बनाउन रु २ लाख आर्थिक सहयोग गरी प्रमुख सहयोगी बन्नु भएका लेटाङ नगरपालिका–३, कमलपुरका स्थायी बासिन्दा तथा हाल बेलायतमा रहनुहुने सन्तोष राईप्रति आयोजक तथा स्थानीयवासीले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

विदेशमा रहेर पनि जन्मभूमि लेटाङको शिक्षा, खेलकुद तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको भन्दै आयोजक समिति र सरोकारवालाहरूले उहाँको उच्च प्रशंसा गरेका छन्। स्वास्थ्यका लागि दौड भन्ने मूल नारासहित आयोजना हुन लागेको लेटाङ रनका लागि उहाँको सहयोगले कार्यक्रमलाई थप व्यवस्थित र सफल बनाउन महत्वपूर्ण टेवा पुगेको बताइएको छ।

शिक्षा र खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आउनु भएका राईले नेपालमै कलेजमा प्रध्यापनसमेत गर्नुभएको थियो। उहाँको योगदानले युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिइएको छ।

लेटाङको समग्र विकासप्रति देखाउनुभएको प्रतिबद्धताका लागि सन्तोष राईप्रति लेटाङवासीले कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन्।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ