
लेटाङ ६ पुस। लेटाङ नगरपालिका वडा नं. ६ गुवाबारीको फेदीमा एक वृद्ध व्यक्ति फेला परेका छन्। इलाका प्रहरी कार्यालयका अनुसार उक्त व्यक्ति लाखबारी नजिकै लडिरहेको अवस्थामा भेटिएका हुन्। अन्दाजी ८०–८५ वर्ष उमेरका ती वृद्धले शिरमा ढाकाटोपी र कालो रंगको ज्याकेट लगाएका छन्। उक्त व्यक्तिलाई चिन्नुहुने वा आफन्तजनले इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। […]
लेटाङ, ४ पुस । प्याव्सन लेटाङको दोस्रो नगर परिषद् भेला शुक्रबार सम्पन्न भएको छ। अध्यक्ष भोलनाथ पाण्डेको अध्यक्षतामा तथा लेटाङ नगरपालिका प्रमुख भूपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। भेलामा एसइइ र आधारभूत तहमा उत्कृष्ट जीपीए ल्याउने ४ जना विद्यार्थी र प्याव्सनमा आबद्ध १४ विद्यालयका १४ जना उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको छ। एसइइतर्फ छात्रा […]
लेटाङ ४ पुस । लेटाङ नगरपालिकाले लेटाङ–२ की स्व. अंशुअंशु गौतमको जघन्य हत्या प्रकरणमा हत्यारालाई पत्ता लगाई दोषीलाई कानुनी कठघरामा उभ्याउन सफल भएको भन्दै मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाललाई सम्मान गरेको छ। नगर क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न र संवेदनशील घटनामा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै सुरक्षा निकायप्रति आभार व्यक्त गर्न उक्त कार्यक्रम आयोजना गरिएको […]
माेरङ २७ मंसिर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। संगम टोलका ६० वर्षीय भवकृष्ण घिमिरेमाथि हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो। स्थानीयवासीका अनुसार घिमिरे बिहान करिब ५ बजे दूध बेच्न घरबाट निस्कँदै गर्दा हात्तीको सामना भएको थियो। एक्कासि आक्रमण भएपछि उहाँको तत्कालै मृत्यु भएको बताइएको छ। पछिल्लो […]
लेटाङ, २२ मंसिर । लेटाङको कुनै शान्त उचाइबाट उत्तरतर्फ नजर पुर्याउँदा मन नै हराउने किसिमको सौन्दर्य खुल्दै जान्छ। सामुने फैलिएको सानो सहर अनि वरिपरि हरियाली खेतबारी, टनेलजस्तै देखिने साना बाटाहरूले दृश्यलाई अझै जीवन्त बनाउँछन्। गाउँघरका छानामाथि बिस्तारै उक्लँदै गरेको हल्का हुस्सुले माहोललाई रमणीय बनाइदिन्छ। सबैभन्दा मोहक त उत्तरपट्टिको हिमाली श्रृङ्खला— टाढाबाट देखिने सेतै चम्किएका शिखरहरू, […]
लेटाङ २१ मंसिर । लेटाङ मोरङको लेटाङ नगरपालिका–२ फडानीका नबिन गौतमकी १२ वर्षीया छोरी अंशु गौतम त्यसदिन साथी युरिका महतारासँग स्कुल नजिकैको चौरमा खेलिरहेकी थिइन्। त्यहीबेला उनीहरूलाई छिमेकी पदम अधिकारीले बोलाउँछन्। उनलाई देखेपछि अंशुसँग खेलिरहेकी साथी युरिकाले पदमसँग पैसा माग्छिन्।उनले पाँच रुपैयाँ दिएर युरिकालाई दिदीलाई लिएर जंगलको मुखमा आउन भनेर अह्राउँछन्। युरिका त्यहाँबाट हिँडेपछि पदमले […]
लेटाङ, २१ मंसिर । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको “हत्यारा” पक्राउ परेको छ। सोही स्थानका बिचारी भनिने पदम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले हँसियाले रेटेर र खुकुरी प्रहार गरी कुकृत्यपछि अंशुको हत्या गरेको स्वीकार गरेको अंशुको परिवारले जनाएको छ। घटना भएपछि अधिकारी भारतको आसाम–तीनसुकिया भागेका रहेछन्। फोन सम्पर्क भएपछि उनी शुक्रबार […]
केराबारी १९ मंसिर। राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय केराबारी मोरङ (याङशिला) मा शुक्रबार सिसमको ५१औं दिक्षान्त समारोह सम्पन्न भएको छ। कोशी प्रदेशका १४ जिल्लामा रहेका १८ विद्यालयबाट सहभागी ५२१ जना क्याडेट दिक्षित भएका छन्। कार्यक्रममा बलाध्यक्ष रथी श्री गणेश कुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। सो अवसरमा पूर्वी पृतनाका निमित्त पृतनापति सहायक रथी युवराज […]
लेटाङ, १७ मंसिर । “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको सम्बर्धन” भन्ने नारासहित लेटाङ नगरपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। नगरपालिकाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रम लेटाङ समावेशी संस्थाका अध्यक्ष तेज बहादुर लिम्बुको अध्यक्षतामा तथा नगर प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख […]