इलाका प्रहरी कार्यालय लेटाङ द्वारा लेटाङमा १० दिने सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु

नगरपालिका, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ र स्थानीय सरोकारवालासँगको साझा पहल

प्रशान्त निराैला बिहिबार, माघ ०१, २०८२

लेटाङ, १ माघ । लेटाङमा आज सडक अनुशासन र सवारी सुरक्षा अभियान-२०८२ को औपचारिक शुभारम्भ गरिएको छ। अभियान इलाका प्रहरी कार्यालय, लेटाङको आयोजनामा, लेटाङ नगरपालिका, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ र अन्य स्थानीय सरोकारवालाको सहकार्यमा सञ्चालन गरिएको हो।

अभियानको उद्घाटन नगर प्रमुख भूपेन्द्र लावातीले गर्दै सबै सरोकारवालालाई सक्रिय सहभागी बन्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “सडक सुरक्षा हाम्रो साझा जिम्मेवारी हो। नियम पालना गरेर मात्र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।”

इलाका प्रहरी कार्यालय, लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साहले अभियानको उद्देश्य सडकमा न्यूनतम सुरक्षा संरचना सुनिश्चित गर्नु, दुर्घटना न्यूनीकरण गर्नु, नागरिकको जीवन सुरक्षा सुनिश्चित गर्नु र ट्राफिक नियम पालनाको संस्कार प्रवर्द्धन गर्नु रहेको बताए।

अभियान मिति २०८२।१०।०१ देखि २०८२।१०।१० सम्म १० दिन सञ्चालन हुनेछ। यस अवधिमा सडक निरीक्षण, जागरुकता कार्यक्रम, सवारी साधन चेकजाँच र अन्य गतिविधिहरू आयोजना गरिनेछ। प्रमुख साहले जानकारी दिनुभयो, “कार्यक्रमको औपचारिक अवधि १० दिन भए पनि यस प्रकारको अभियान सधैं निरन्तर सञ्चालन गरिने छ।”

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ