लेटाङमा विकास र सेवा सुधारबारे नागरिक–जनप्रतिनिधि संवाद

प्रशान्त निराैला आइतबार, पौष २७, २०८२

 

लेटाङ, २७ पुस । लेटाङ नगरपालिकाका जनप्रतिनिधि र नागरिक समाजबीच आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक विकास मञ्च (सीडीएफ) को आयोजनामा लेटाङ–५ स्थित आश्रय केन्द्रमा भएको कार्यक्रममा नगरको विकास, सेवा प्रवाह र भावी योजनाबारे छलफल गरिएको हो।

अन्तरक्रियामा सहभागीहरूले दीगो आन्तरिक आय, कृषि बजारीकरण, शिक्षा, फोहोर व्यवस्थापन, सडक स्तरोन्नति, स्वास्थ्य सेवा र कृषि आधुनिकीकरणलगायत विषय उठाएका थिए। नागरिकका जिज्ञासामा नगर प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले नगरपालिकाले गर्दै आएका काम र आगामी योजनाबारे जानकारी गराउनुभयो।

नगरपालिकाले हिउँदे अधिवेशनको तयारीका क्रममा विभिन्न टोल र नागरिक समाजसँग सुझाव संकलन गरिरहेको नगर प्रमुख लावतीले जानकारी दिनुभयो।

कार्यक्रम पत्रकार रेवती निरौलाले सन्चालन गर्नुभएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ