चिसाङ खोला उत्खनन रोक्न माग, अवैध कालोपत्रे उद्योगबारे पनि ध्यानाकर्षण

कीर्तिमान सामुदायिक वनद्वारा नगरप्रमुखलाई ज्ञापनपत्र

प्रशान्त निराैला सोमबार, पुष २१, २०८२

लेटाङ,२१ पुष । लेटाङ–३ कीर्तिमान सामुदायिक वन उपभोक्ता समूहले चिसाङ खोलामा ठेक्का प्रक्रिया र उत्खननप्रति आपत्ति जनाउँदै उत्खनन तत्काल रोक्न मागसहित लेटाङ नगरप्रमुख भूपेन्द्र कुमार लावतीलाई ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष लक्ष्मण बहादुर राईको नेतृत्वमा गएको टोलीले सरोकारवालासँग छलफल, जोखिम मूल्याङ्कन र दीर्घकालीन व्यवस्थापन योजना बिना खोला ठेक्का अघि बढाइएको भन्दै आपत्ति जनाएको हो।
उनीहरूले जोखिम क्षेत्रका बस्ती, कृषियोग्य जमिन, कुलो–पैनी र तटबन्ध जस्ता पूर्वाधारको सुरक्षा सुनिश्चित नगरिकन उत्खनन गरिएको कदम गैरजिम्मेवार रहेको उल्लेख गरेका छन्। ज्ञापनपत्रमा कीर्तिमान–भाउन्ने सडक कालोपत्रे, साकेला मञ्च निर्माणमा भइरहेको ढिलाइ तथा चालु वर्ष कुलो–पैनीमा बजेट नहुँदा किसान मारमा परेको विषय पनि समेटिएको छ।
अवैध कालोपत्रे (डामर) उद्योगबारे अलग्गै ध्यानाकर्षण
ज्ञापनपत्रमा कीर्तिमान सामुदायिक वन क्षेत्रभित्र अनुमति बिना सञ्चालनमा रहेको कालोपत्रे (डामर) उद्योग सम्बन्धी गम्भीर पर्यावरणीय चिन्ता पनि समेटिएको उपभोक्ता समूहले जनाएको छ।
एसियन हाईवे कालोपत्रे गर्ने प्रायोजनमा बेदालय कन्स्ट्रक्सनले सञ्चालन गरिरहेको उक्त उद्योगमा बिटुमिन, डीजल तथा पेट्रोलियम पदार्थको प्रयोगबाट विषालु ग्यास र धुवाँ निस्कँदै स्थानीय बस्ती, स्वास्थ्य तथा वातावरणमा प्रत्यक्ष असर परेको स्थानीयवासीको गुनासो उद्धृत गरिएको छ।
उद्योगबाट निस्किने धुवाँका कारण आँखा पोल्ने, स्वासप्रश्वासमा समस्या, दुर्गन्ध लगायतका स्वास्थ्य समस्या देखिएको उल्लेख गर्दै वन क्षेत्रभित्र रहेका बिरुवा नष्ट भएको, जैविक विविधता र जलस्रोतमा समेत नकारात्मक असर परेको आरोप लगाइएको छ।
स्रोतका अनुसार उद्योगले न वन कार्यालयबाट अनुमति लिएको छ, न पर्यावरणीय प्रभाव मूल्याङ्कन गरेको छ। पटक–पटक उजुरी दिँदासमेत सम्बन्धित निकाय मौन रहेको उपभोक्ता समूहको आरोप छ।
स्थानीय तहको प्रतिक्रिया
नगरप्रमुख लावतीले उठाइएका विषयहरू गम्भीर रहेको भन्दै आवश्यक अध्ययन तथा छलफलपछि निर्णय लिइने आश्वासन दिएको उपभोक्ता समूहले जनाएको छ। कुलो पैनी समस्याको दीर्घकालीन समाधानका लागि समितिसहित बैठक बोलाइने उल्लेख गरिएको छ।
उपभोक्ता समूहले माग सम्बोधन नभएसम्म नदिजन्य पदार्थ उत्खनन रोक्नुपर्ने अडान दोहोर्याएको छ भने वन क्षेत्रभित्र अवैध कालोपत्रे उद्योग तत्काल बन्द गराई कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ