निशन्तान दम्पतिलाई लेटाङ अस्पतालमा उपचार, क्यान्सर फलोअप सहित विशेष ओपीडी सेवा

प्रशान्त निराैला मंगलबार, पुष २२, २०८२

लेटाङ, २२ पुष । लेटाङ नगर अस्पतालले निशन्तान (बाँझोपन समस्या) सामना गरिरहेका दम्पतीका लागि उपचार तथा परामर्श सेवा सहित विशेष ओपीडी सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनका अनुसार आगामी पुष २४ गते बिहीबार बिहान ११ बजेबाट हुने कार्यक्रममा स्त्रीरोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) द्वारा बाँझोपन व्यवस्थापन तथा स्त्री स्वास्थ्य जाँच सेवा प्रदान गरिनेछ।

यससँगै क्यान्सर रोगको उपचार गराइरहेका बिरामीका लागि फलोअप तथा रोग स्क्रिनिङ सेवा पनि सोही दिन सञ्चालन हुने अस्पतालले जनाएको छ। नियमित कार्यक्रमअनुसार हरेक महिनाको चौथो बिहीबार आयोजना हुँदै आएको यो सेवामा यसपटक क्यान्सर रोग विशेषज्ञ (अन्कोलोजिस्ट) ले क्यान्सरसम्बन्धी परामर्शसँगै पिसाव र किड्नीसम्बन्धी रोग (युरोलोजी) उपचार सेवा समेत उपलब्ध गराउनेछन्।

अस्पतालले निशन्तान समस्या लिएर उपचार खोजिरहेका दम्पती तथा क्यान्सरका बिरामीलाई तोकिएको समयमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ।

अस्पताल प्रशासनका अनुसार यो पहलले स्थानीयवासीलाई सुलभ, सस्तो र प्रभावकारी स्वास्थ्य सेवा पहुँचमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ