गोरेसँगको उठबसले उर्लाबारीका ठूलाबडाको निदहराम

केशब खड्का मधुमल्ला २५ वैशाख । बहुचर्चित सुन काण्डका मुख्य नाइके मानिएका चुणामणि उप्रती (गोरे) सँग दिनहुँ निकटतामा रहेका कारण उर्लाबारी र आसपासका केही ब्यक्तिहरु पनि शंकामो घेरामा तानिएका छन् । प्रहरी स्रोतका अनुसार गोरेसँग साँठगाँठ र कारोबार गर्नेहरुलाई नियन्त्रणमा लिने तयारी भइरहेको छ । स्थानीय स्तरमा ठालु र नवधनाढ्यको रुपमा चिनिएका ती ब्यक्तिहरुलाई प्रहरीले […]

२२ लाख बढीको चोरी गर्ने गिरोह छुटाउन स्थानीय एमाले नेताको दबाब

                                 एमाले भन्छ दबाब दिएको छैन वेलवारी २५ वैशाख । आफ्नै स्टापले सामान चोरी गर्न थाले पछि पछिल्लो समयमा बेलबारीका ब्यवसायी असुरक्षित महसुस गर्न थालेका छन् । बेलबारीको सिनेमाहल लाईनमा रहेको दिपक इलेक्ट्रिकलको सामान त्यहाँ कार्यरत स्टाप तिर्थ तामाङले बेलबारी […]

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

त्रिपुराकोट, डोल्पा, २३ वैशाख (रासस) ः यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । पतिको कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित […]

प्रदेश नं १ महासंघ अध्यक्षमा लुइँटेल निर्वाचित

विराटनगर २३ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । शनिवारर सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको हो । अध्यक्षका उम्मेदवार लुइँटेलले ९३१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपाध्यक्षमा सोमनाथ सुसेली ९२३ मतका साथ विजयी हुनुभएको छ । महिला उपाध्यक्षमा […]

तस्करी गरी लैजान लागिएको गाई, बाछाबाछी नियन्त्रणमा

गौशाला, २३ वैशाख । नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गए राति ९ बजेको समयमा जिल्लाको रामगोपालपुर–९ गोठबनौली हुँदै भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा दुई गाई, एक बाछा र एक बाछी प्रहरीले […]

सामुदायिक वनमा मनपरी रूख कटान

गाईघाट उदयपुर, २३ वैशाख ।  उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरे पनि उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा आदेश प्राप्त भन्दा मनपरी अन्य सगल रूख […]

वडाध्यक्ष ढुङ्गा,गिट्टी तस्करसँग ‘सेटिङ’ मिलाएर बिक्री गर्ने धन्दामा

चिसाङको गिट्टी वालुवामा वडाध्यक्षको गिद्धे दृष्टि कानेपोखरी,  २० बैशाख । मोरङको कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङ चिसाङ खोला किनारमा थुपारिएको ढुङ्गा,गिट्टी तस्करसँग ‘सेटिङ’ मिलाएर बिक्री गर्ने धन्दामा लागेको रहस्य खुलेको छ । राजाको सक्रिय शासन रहेको बेला हेटौडाका निर्माण ब्यावसायी कन्हैया श्रेष्ठले सञ्चालन गरेको क्रसर उद्योगबाट उत्पादित निर्माण सामग्रीमा गुरुङ गिद्धेदृष्टि परेको हो ।श्रेष्ठ […]

शरणार्थीको पहिचान खोज्दै शिविरका महिला  

पथरीशनिश्चरे २२ बैशाख । बिगतमा जानेर वा अन्जानमा शिविर छोडेका अधिकांश शरणार्थीहरू यतिबेला शरणार्थीको पहिचान खोजिरहेका छन् । शरणार्थीको पहिचान नहुँदा उनीहरू न त पुर्नबासका लागि योग्य भएका छन् न त स्वदेश फिर्ती कै लागि । आफन्तहरू कोही युरोपमा छन्, कोही अमेरिकामा । सात समून्द्र पारि रहेका आफन्तसँग टाढा रहेर बस्नुपर्दा कसको पो मनमा कुडिँदैन […]

फैलँदै व्यावसायिक तरकारीखेती

ललितपुर, २० वैशाख । एक दशक पहिलेसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लामा सीमित व्यावसायिक तरकारीखेती पछिल्ला वर्षमा धेरै जिल्लामा फैलन थालेको छ । व्यावसायिक तरकारी खेतीमा धेरै जिल्लाका धेरै किसान आबद्ध हुँदा देश तरकारीमा आत्मनिर्भर हुने बाटोमा लागेको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ । शहरीकरण बढिरहेका जिल्लामा तरकारीखेती बढिरहेको […]

मनसुनी गतिविधि सक्रियः अझै एकदुई दिन बदली र वर्षा

काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ