भन्सार छलेको स्याउ लोड भएको ट्रक प्रहरीको नियन्त्रणमा 

Letang Khabar मंगलबार, बैशाख २५, २०७५

सुनसरी, बैशाख २५ गते। सुनसरीको कोशी गाउँपालिका-८ भान्टाबारी स्थित पूर्वी टोलबाट प्रहरीले मंगलबार २ सय ३६ कार्टुन स्याउ लोड भएको मिनी ट्रक नियन्त्रणमा लिएको छ।

भारतीय नम्बर बि आर ५० जी ४०१६ नम्बरको ट्रकमा लोड गरी अवैध रुपमा भारत सुपौलतर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले विहान ४ बजे ४ लाख ६६ हजार मुल्य बराबरको स्याउ लोड भएको उक्त ट्रक नियन्त्रणाम लिएको हो।

बरामद स्याउ सहित ट्रकका चालक भारत सुपौल जिल्ला गणपतगंज -१२ बस्ने ३३ बर्षिय पवन यादवलाई सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेजमा बुझाइएको प्रहरीले जनाएको छ। यसैगरी सोही ठाउँबाट प्रहरीले भारतमा उत्पादित १४ हजार ६ सय मुल्य बराबरको वेवारीसे चिनी बरामद गरी भन्सार बुझाएको छ।

त्यस्तै सुनसरीकै हरिनगरा गाउपालिका- ५ स्थितमा प्रहरी चौकी सिसुवा धरमपुरको प्रहरी टोलीले भारतमा निर्मित विभिन्न प्रकारका २१ हजार ८ सय ६० रुपैयाँ मुल्य बराबरको फेन्सी सामानहरु बरामद गरेको छ। बरामद समान आजै सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेजमा बुझाइएको उक्त कार्यालयले जनाएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ