सवारी दुर्घटनमा १ को मृत्यु, ७ घाइते

Letang Khabar मंगलबार, बैशाख २५, २०७५

विराटनगर, २५  बैशाख  । १ नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा मंगलबार भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ भने अन्य ७ जना घाइते भएका छन्।

उदयपुरःउदयपुरको त्रियुगा नगरपालिका-२ स्थित गाईघाट-फत्तेपुर सडक खण्डमा स ४ प ८२९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक उदयपुर चौदण्डिगढी नगरपालिका-९ बस्ने २४ बर्षिय पुरुस्वत्तम चौधरीको मृत्यु भएको छ। सोमबार बेलुका १० बेजतिर भएको उक्त दुर्घटनामा गम्भिर घाइते भएका चौधरीको म्याक्स अस्पताल बिराटनगरमा उपचारको क्रममा मंगलाबर विहान मृत्यु भएको हो।

ताप्लेजुङः ताप्लेजुङको पथिभरायाङबरक गाउँपालिका-२ चतुरेमा थेचम्बुबाट सदरमुकामतर्फ आउदै गरेको मे १ ज २५५९ नम्बरको ट्याक्सी अनियन्त्रित दुर्घटना हुँदा ट्याक्सीमा सवार ३४ बर्षिया समिता भट्टराई, अन्दाजी २५ बर्षिया उर्मिला भट्टराई र उनकी २ बर्षिया छोरी घाइते भएका छन्। घाइते तीनै जानको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरेहको छ । ट्याक्सीका चालक प्रहरी चौकी थेचम्बुको नियन्त्रणमा छन्।

मोरङः मोरंङखो सुन्दरहरैचा नगरपालिका-१ मा को १ ख ४५१८ नम्बरको ट्रकले विहान १० बजे को ७ प ९६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ ग्रामथान गाउँपालिका-७ बस्ने ३२ बर्षिय कुमार ढकाल र पछाडी सवार जिल्ला सुनसरी इनरुवा नगरपालिका-६ बस्ने १५ बर्षिया अन्जली मगर घाइते भएकी छिन्। घाइतेको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने ट्रक र चालक प्रहरी चौकी विराटचोकको नियन्त्रणमा छन्।

झापाः झापाको मेची नगरनगरपालिका-१० स्थित कनिष्का धर्मकाँटा नजिकै को १ ख १८६३ नम्बरको बसले विहान ९;३० बजे मे १० प ९९४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटी चालक बुद्धशान्ति गाउँपालिका-३ बस्ने ३० बर्षिय उमा निरौला घाइते भएकी छिन्। उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरेहको छ। बस र त्यस्का चालक इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा छन्।

सुनसरीः सुनसरीको ईटहरी-१७ लविपुरमा ना ३ ख ५३६२ नम्बरको ट्रक र को २० प ६८३५ नम्बरको स्कुटर विहान ९;३० बजे आपसमा ठोक्किदा स्कुटर चालक सुनसरी इहटरी ५ मिलनचोक बस्ने ५० बर्षिय भक्तिबिलास निरौला घाईते भएका छन्। उनको एपेक्स अस्पताल इटहरीमा उपचार भइरेहको छ। दुवै सवारी साधन इलाका प्रहरी कार्यालय पकलिको नियन्त्रणमा छन्।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ