एमालेका वडाध्यक्षमाथि बलात्कारको अभियोग

Letang Khabar सोमबार, बैशाख ३१, २०७५

तनहुँ ३१ वैशाख।  प्रमुख सत्तारूढ दल नेकपा एमालेबाट निर्वाचित घिरिङ गाउँपालिका ४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ ।

श्रीमान्‌ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

‘बालीघाट पुलमा भेटेका वडाध्यक्षले मोटरसाइकलमा बैंकसम्म पुर्‍याउनुभयो र फर्कने बेला बजारमा पुगेकी दिदीसँग जान्छु भन्दा उहाँले मै पुर्‍याइदिन्छु भनेर फेरि मोटरसाइकलमा बस्न लगाउनुभयो’ पीडित महिलाले भनिन्, ‘तर दिदीकहाँ मोटरसाइकल रोक्न आग्रह गर्दागर्दै पनि नरोकी जंगलमा लगेर मेरो इज्जत नै लुटियो ।’

पीडित महिलाले करणीसम्बन्धी मुद्दामा शनिबार जाहिरी दिएको नवलपरासी बर्दीघाट सुस्तापूर्व जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रकाश सिम्खडाले बताए ।

उनको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडितले जाहेर दिनासाथ आरोपी कुमाललाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय डेढगाउँ र जिल्ला प्रहरी कार्यालय तनहुँलाई पत्राचार गरिसकेको उनले बताए ।

तर, वडाध्यक्ष कुमालले भने आफूमाथि झुटो आरोप लगाएको बताएका छन् ।

 

source : नेपाल समाचार पत्र दैनिक

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ