झापामा नदीजन्य पदार्थको अवैध उत्खनन्

Letang Khabar सोमबार, बैशाख ३१, २०७५

भद्रपुर ३१ वैशाख । अनुगमन गर्ने आधिकारीक निकायले चासो नदेखाउँदा झापाका नदी तथा खोला दोहन भइरहेको पाइएको छ ।
मापदण्ड बिपरीत ठेकेदारले झापाका नदीबाट नदीजन्य सामग्री  गिट्टी, बालुवा धमाधम निकाल्दै आइरहेको भएतापनि सम्बन्धित निकायले यसतर्फ कुनै चासो देखाएको पाइदैन ।
जिल्ला समन्वय समिति झापाले निर्धारण गरेको मापदण्ड विपरीत ठेकेदार तथा तिनीका सह ठेकेदारले नदीजन्य सामग्री उत्खन्न कार्य गरिरहदाँ समेत सवै तै चुप मै चुपमा सीमित रहेका छन् । ठेक्का लिएको कम्पनीले मापदण्ड अनुसार खोला उत्खन्न गर्ने जिससमा लिखित सम्झौता गरेको छ । तर, अहिले झापाका अधिकाशं खोला तथा नदीमा आफूखुशी स्काभेटर प्रयोग गरेर ३ देखि ५ मिटर गहिराइ सम्म उत्खन्न गरिरहेको फेला परेको छ । नियममा १ मिटर भन्दा बढी नपाउने जिससको प्रतिवेदनमा उल्लेख छ ।
समन्वय समितिले मेचीनगर नगरपालिका १५ ज्यामिरगढीबाट बग्ने निन्दा खोलाको तीन स्थानबाट खोलाजन्य सामग्री निकाल्ने स्थान तोकिएको छ । बोकेमात, टावरनाका र खवासबस्तीबाट खोलाजन्य सामग्री निकाल्न अनुमति दिएको छ । तोकिएको तीनै स्थानबाट उत्खन्न गरिने खोलाजन्य सामग्री घनमिटर अनुसार उत्खन्न भइसकेको भएपनि ठेकदारले अझै निरन्तरता दिएको कर्मचारी स्रोतको दावी छ । ती खोलाको ठेक्का राजकुमार थापाले लिएका छन् । अहिले ती खोलामा ठेकेदारले स्काभेटर प्रयोग गरेर समन्यव समिति र जिल्ला प्रशासन कार्यालय झापाको आदेश बिपरीत गिट्टी बालुवा निकाल्दै आइरहेको सम्बन्धित पक्षलाई थाहा भएको स्थानीय सुभाष राईले बताए । ‘उत्खन्न गर्ने म्याद सकिसकेको मैल बुझेको छु, उनले भने, ‘तैपनि ठेकेदारले बलपूर्वक उत्खन्न गर्दै खोलालाई दोहन गरिरहेको छ ।’ यता जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार निन्दा खोला राजमार्ग उत्तरतर्फ ११ हजार घनमिटर उठाउन बाँकी छ । ‘सो क्षेत्रमा मात्र उत्खन्न गर्ने पाइने भनि ठेकेदारलाई पत्र पठाइसकेका छौ, उनले भने, ‘ राजमार्ग दक्षिणी ज्यामिरगढीको निन्दा खोलाबाट उत्खन्न कार्य गर्न पाइदैन ।’ ‘ठेकेदारले मापदण्ड विपरित उत्खन्न गरिरहेको जानकारी नआएकोले अव तत्काल प्रशासन कार्यालयमा पत्रचार गरी उत्खन्न कार्य रोक्ने छौ, उनले भने । उनका अनुसार अहिले झापाका अधिकाश नदीमा तोकिएको घनमिटर उत्खन्न भइसकेको छ । मेची, हडिया, टिमाई खोलामा उत्खन्न गर्ने नपाइने भनि ठेकेदार पक्ष र प्रशासन कार्यालयलार्इं पत्रचार गरिसकेको उनले बताए । त्यसैगरी भद्रपुरस्थित देउनिया खोलामा पनि मापदण्ड विपरित उत्खन्न कार्य भइरहेको छ । जिससले तोके अनुसार देउनिया खोलाबाट १५ हजार ४१३ घनमिटर उत्खन्न गर्ने पाइन्छ । तर, अहिले पेटी ठेकेदारले तोकिएको स्थान भन्दा फरक ठाँउबाट उत्खन्न गरिरहेको छ । कलबलगुरीको सुकुम्बासी बस्ती, भद्रपुर बिर्तामोड सडक खण्डमा पर्ने देउनिया पुल उत्तरमा उत्खन्न भइरहेको छ । ठेकेदारले मापदण्ड विपरित तोकिएको स्थानमा ३ देखि ४ मिटर गहराई बनाइ खोला दोहन गरिरहेको स्थानीयको आरोप छ ।
तत्कालिन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समितिले आइइइ प्रतिवेदन अनुसार झापाका ११ वटा खोला तथा नदीको ठेक्का लगाएको थियो । चालु आर्थिक बर्ष ०७४।७५ का लागि साम्सुहाङ विल्डर्स कम्पनी गौरादहले १३ करोड १३ लाखमा ठेक्का लिएको जिससले जनाएको छ ।

source : blasttimes

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ