काठमाडौं महानगर धेरै कायापलट भइसक्यो विद्यासुन्दर शाक्य

Letang Khabar सोमबार, बैशाख ३१, २०७५

 

काठमाडौं, वैशाख ३१ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकामा धेरै कुरा कायापलट भइसकेको बताएका छन् । कार्यकाल पूरा भएको १ वर्षको अवसरमा एक अनलाइनलाई अन्तर्वार्ता दिँदै मेयर शाक्यले उक्त कुरा बताएका हुन् ।

शाक्यले भनेका छन्, ‘हामीले गरिरहेकै छौँ नि । अरु, ७ सय ५२ वटा स्थानीय तहभन्दा यो निक्कै फरक छ । देशको राजधानी भएकाले उहाँ मतदाता पनि र गैर मतदाता पनि हुनुहुन्छ । यो कुरालाई भ्रम फैलाउने र अपव्याख्या गर्ने नगर्नुहोला, यहाँ महानगरपालिकाकै मतदाता पनि हुनुहुन्छ, अवसरका लागि विभिन्न ठाउँबाट आउनेहरु पनि हुनुहुन्छ । मतदाताले हिजो काम गरेकै कारण मत दिएर जिताउनुभएको हो । उहाँहरुलाई अरु बढी बोल्छन्, विद्यासुन्दर कम बोल्छन् । तर, काम गर्छन् भन्ने नै छ ।’

यहाँ फोहोर हेर्ने हो भने बाहिरबाट आउने गाडीले धुलो बोकेर ल्याउँछन् यहाँ खसालेर जान्छन् । हामी त टिप्दै गइरहेका छौँ । फेरि पनि समस्या थुप्रै छन्, त्यसका बीचमा पनि हामीले धेरै काम गर्दै गएका छौँ । उत्साहित भएर लागिरहेका छौँ । कर्मचारीमा त्यति उत्साह थपिएको छैन । उनीहरुमा जाँगर थप्दै व्यवस्थापन गर्दै अगाडि बढेका छौँ । काठमाडौंमा धेरै कायापलट भइसकेको छ ।’

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ